+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

पत्रकार राईको मुद्दा काउन्सिललाई जिम्मा दिन आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १३ गते १९:२९

१३ मंसिर, काठमाडौं । नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिल नेपालले पत्रकार गजेन्द्र राई विरुद्ध नेपाल प्रहरीले चलाएको कारबाही कानुन विपरीत भएको भन्दै काउन्सिलको क्षेत्र अधिकारको मुद्दा आफूहरुलाई दिन आग्रह गरेका छन् ।

मंगलबार सरकारी वकिलको कार्यालय बबरमहलमा पुगेर सहन्यायधिवक्ता अच्यूतकृष्ण न्यौपानेलाई भेट्दै काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेत,सदस्य दिपक पाण्डे तथा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, महासचिव रोशन पुरीलगायतले यस्तो आग्रह गरेका हुन् ।

भेटमा उनीहरुले पत्रकार राईको मिडिया आधिकारिक रुपमा प्रेस काउन्सिलमा दर्ता भएर सञ्चालनमा रहेको तथ्य राख्दै आधिकारिक ढंगबाट सञ्चालित मिडियामा आएको सामग्रीलाई लिएर प्रहरीले कारबाही अघि बढाउनु उचित नभएको बताए ।

‘मिडियामा आएको कन्टेन्टको विषयमा चित्त नबुझेमा त्यसविरुद्धको समाधान खोज्ने बाटो प्रेस काउन्सिल हो,’ भेटमा काउन्सिल अध्यक्ष बस्नेतले भने, ‘काउन्सिलले गरेको कारबाही चित्त नबुझे अदालती प्रक्रियामा जाने वा अन्य निकायमा जाने बाटो खुला छ । तर यस्तो कानुनी व्यवस्था विपरीत साइबर क्राइम अन्तर्गतको कानुन लगाएर पत्रकारहरुलाई तर्साउन खोजिराखिएको छ । यस्तो हुनु राम्रो हैन ।’

भेटमा पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले पछिल्लो पटक साइबर क्राइम अन्तर्गतको कानुन लगाएर पत्रकारहरुलाई पक्राउ गर्ने क्रम बढिरहेकोमा चिन्ता व्यक्त गर्दै यसले देशको लोकतान्त्रिक व्यवस्था र प्रेस स्वतन्त्रतामाथि नै आघात पुग्ने बताए ।

महासंघका महासचिव रोशन पुरीले पत्रकार गजेन्द्र राईको विषयमा प्रहरी संगठनभित्रैका एक अधिकृतको व्यक्तिगत रीसइवि पनि जोडिएको जानकारीमा आएको उल्लेख गर्दै एक जना व्यक्तिको कारण सिंगो संगठनलाई बद्नाम गराउनेगरी प्रहरी लाग्न नहुने बताए ।

पत्रकार राईलाई उनले सञ्चालन गरेको अनलाइन पत्रिकामा प्रकाशित भएको समाचार र भिडियोकोे विषयलाई लिएर शुक्रबार प्रहरीको साइबर ब्युरोले गाईघाटबाट पक्राउ गरेको छ । हाल उनलाई साइबर ब्युरोले दरबारमार्ग प्रहरी कार्यलयको हिरासतमा राखेको छ ।

पत्रकार राईको रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघ, आदिवासी जनजाति पत्रकार महासंघ, किरात राई पत्रकार संघलगायतले विज्ञप्ति जारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?