 
																			२० चैत, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले तत्काल सेयर लगानीकर्ताको मनोबल उकास्न आवश्यक पहलकदमी लिने प्रतिबद्धता जनाएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ पूँजीबजार फोरमका सभापति अम्बिकाप्रसाद पौडेलको नेतृत्वमा गएको टोलीसँग सोमबार बिहान भएको छलफलका क्रममा अर्थमन्त्री महतले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
छलफलका क्रममा अर्थमन्त्री महतले सेयर लगानीकर्ताको सल्लाह सुझाव लिएर अगाडि बढ्ने र आगामी दिनमा सम्वादलाई निरन्तरता दिने बताएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।
छलफलमा लगाकर्ताको तर्फबाट पौडेलसँगै ब्रोकर संघ, मर्चेन्ट बैंकर तथा अरु लगानीकर्ताको समेत उपस्थिथि रहेको थियो ।
मार्जिन ऋणमा १२ करोडको सीमा हटाउन र १५० प्रतिशत रहेको जोखिम भार १०० प्रतिशतमा झार्न अर्थमन्त्री महतसँग लगानीकर्ताहरुले आग्रह गरेका छन् ।
यस्तै बैंकहरुले प्राथमीक पूँजीकोषको ४० प्रतिशत मात्र सेयर धितोको कर्जा दिन पाउने व्यवस्थालाई हटाएर कुल कर्जा लगानीको १० प्रतिशत धितो कर्जामा दिन पाउने व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।
यस्तै सेयर लगानीकर्तालाई अल्पकिालीन र दीर्घकालीन २ भागमा वर्गीकरण गर्दै अल्पकालीन लगानीकर्तालाई ५ प्रतिशत र दीर्घकालीन लगानीकर्तालाई २ प्रतिशत पूँजीगत लाभकर कायम गर्नुपर्ने माग सेयर लगानीकर्ताले राखेका छन् । संस्थागत लगानीलाई आकर्षण गर्नका लागि संस्थाले सेयर कारोबार गरी प्राप्त गरेको आयमा १५ प्रतिशत आयकर लगाउने, संस्थागत लगानीकर्ता र धितोपत्र व्यवसायीलाई अग्रिम करवापत १.५ प्रतिशत अन्तिम कर वापत १५ कायम गर्नुपर्नेमा सेयर लगानीकर्ताले गरेका छन् ।
यस्तै नेपालधितोपत्र बोर्डमा दर्ता हुने सामूहिक लगानी कोषका योजनालाई आयकर ऐन, २०५८ को दफा १० मा कर नलाग्नेमा समावेश गर्नुपर्ने, सामूहिक लगानी कोष (म्युचुअल फण्ड) मा एक लाख रुपैयाँसम्मको लगानी गर्ने लगानीकर्तालाई सो बराबरको रकम करयोग्य आयबाट घटाउन पाउने व्यवस्था गर्न लगानीकर्ताले माग गरेका छन् ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) ले लगानीकर्ताबाट लिने शुल्क अलग्गै निर्धारण गर्नुपर्ने, इन्ट्रा डे ट्रेडिङ सुरू गर्नुपर्ने, हकप्रदको निस्सा कारोबार गराउने व्यवस्था गर्नुपर्ने, ब्रोकरलाई प्रोपाइटरी ट्रेडिङ गर्न पाउने व्यवस्था गर्नुपर्ने, ब्रोकर, नेप्से, सेबोन र सीडीएसी, बैक लगायतका निकायहरुबाट लिइँदै आएको शुल्क कारोबारको आधारमा घटाउँदै जाने बजार मूल्य र सेयरको संख्या हेरी सेयरको खण्डीकरणलाई प्रोत्साहन गर्नुपर्ने माग लगानीकर्ताले गरेका छन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4