+
+
Shares

राजस्व परामर्श समितिले अर्थमन्त्रीलाई बुझायो प्रतिवेदन

यस्तो समिति अर्थ मन्त्रालयका राजस्व सचिवको नेतृत्वमा गठन गरिन्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १ गते १८:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राजस्व परामर्श समितिले आगामी आर्थिक वर्ष २०८३/८४ को राजस्व नीति तय गर्न अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई प्रतिवेदन बुझाएको छ।
  • समितिले कर सम्बन्धी कानुन, करका दर, राजस्व प्रशासन सुधारसम्बन्धी विषयमा अध्ययन गरी २८ माघमा गठन गरिएको थियो।
  • अर्थमन्त्री वाग्लेले सिफारिस गरिएका कार्यान्वयनयोग्य सुझावलाई सम्बोधन गरिने बताए।

१ जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को राजस्व नीति तय गर्न गठित राजस्व परामर्श समितिले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई प्रतिवेदन बुझाएको छ ।

अर्थ मन्त्रालयका अनुसार समितिले बिहीबार अर्थमन्त्री समक्ष प्रतिवेदन बुझाएको हो । सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेट वक्तव्य लगायत नीतिगत दस्तावेजमा समावेश गर्नुपर्ने राजनीति नीति, कर सम्बन्धी कानुन, करका दर, राजस्व प्रशासनको संगठनात्मक संरचना र कार्यप्रक्रिया सुधारसँग सम्बन्धित विषयमा अध्ययन गरी पेस गर्न २८ माघमा राजस्व परामर्श समिति गठन भएको थियो ।

यस्तो समिति अर्थ मन्त्रालयका राजस्व सचिवको नेतृत्वमा गठन गरिन्छ । प्रतिवेदनमा कार्यान्वयनयोग्य सुझाव दिइएको समितिका सदस्यहरूले उक्त अवसरमा बताएको मन्त्रालयले जनाएको छ । प्रतिवेदन बुझ्दै अर्थमन्त्री वाग्लेले सिफारिस गरिएका कार्यान्वयनयोग्य सुझावलाई सम्बोधन गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?