 
																			काठमाडौं । अहिले मुलुकका विभिन्न सहरमा एड्भेन्चर रियालिटी शो हिमालय रोडिज सिजन–५ को फिजिकल अडिसन चलिरहेको छ । सिन्धुलीको बर्दिबासदेखि सुरु भएको अडिसन शनिबार इटहरीमा भयो । आइतबार हेटौंडामा अडिसन सम्पन्न भएको निर्देशक सिमोस सुनुवारले जानकारी दिए ।
पाँचौं सिजनको अडिसनमा उत्साहजनक रुपमा युवाहरुले सहभागिता जनाएको उनले जनाए । ‘बर्दिवास र इटहरीको अडिसन उत्साहजनक रह्यो,’ उनले भने, ‘हेटौंडामा पनि त्यो क्रेज देखिएको छ ।’ ग्याङ लिडरहरु दीया मास्के, प्रियंका कार्की, अनुपविक्रम शाही, आशिष राना लाउरे र होस्ट सुरजसिंह ठकुरी अडिसनका लागि टुरमा छन् ।
सोमबार भरतपुरमा, मंगलबार बुटवलमा, बुधबार नेपालगञ्जमा, शुक्रबार पोखरा र शनिबार काठमाडौंमा अडिसन हुने तालिका छ ।
‘एड्भेन्चर रियालिटी शोका लागि युथमा देखिएको क्रेज गज्जबको छ,’ हेटौंडाबाट अनलाइनखबरसँग कुरा गर्दै ग्याङ लिडर मास्केले भनिन्, ‘नयाँ सिजनलाई लिएर हामी निकै उत्साहित छौं ।’ यो संस्करणमा दीयाले ‘टिम एल्लो’ ग्याङको नेतृत्व गर्नेछिन् भने आशिष राना ‘लाउरे’ले ‘टिम ग्रीन’को नेतृत्व गर्नेछन् । अनुपविक्रम शाहीले ‘टिम रेड’ र प्रियंका कार्कीले ‘टिम ब्लु’ सम्हाल्नेछन् ।

हिमालय रोडिज सिजन–५ को टाइटल स्पोन्सर यामाहा रेसिङ रहेको छ । यसपटकको शोको थिम ‘पावर अफ फाइभ’ राखिएको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4