 
																						फाइल तस्वीर								
											काठमाडौं । रक्षा क्यान्सर केयर सोसाइटीले क्यान्सर विजेताहरुसँग सन्देशमूलक होली मनाउने भएको छ । ‘क्यान्सर विजेताको जीवन होलीका रंग झैं रंगीन छ’ भन्ने सन्देशका साथ यस वर्षको होली मनाउन लागिएको सोसाइटी अध्यक्ष डा. सृष्टि श्रेष्ठ प्रजापतिले जानकारी दिइन् ।
अहिले विश्वभर नै क्यान्सरका बिरामी बढ्दै गएको अवस्थामा यस विषयमा जनचेतना फैलाउने जरुरी रहेको उनले बताइन् । सुरुमै क्यान्सर पत्ता लगाएर सही उपचार गरेमा निको हुने डा. श्रेष्ठको भनाइ छ ।
नेपालमा क्यान्सर विजेताहरु सकारात्मक सन्देश प्रवाह गर्दै जिउन् भन्ने उद्देश्यले स्थापित रक्षा क्यान्सर केयर सोसाइटीले हरेक वर्षको होली पर्वलाई शुभकामना आदानप्रदान गरी मनाउने गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4