+

डिम्याट खाता

२१ च्याप्टर
Chapter - 2

डिम्याट खाता खोल्न कुन कुन कागजात आवश्यक हुन्छ ?  

२०८० चैत  ११ गते ११:१९ २०८० चैत ११ गते ११:१९
डिम्याट खाता खोल्नुको मुख्य उद्देश्य खरिद गरिएका वा आफूसँग भएका कागजी धितोपत्र विद्युतीय रूपमा राख्नु हो । डिम्याट खाता खोल्न आवश्यक विवरण, कागजात तथा फारमको नमूना यस प्रकार छन्ः
अनिवार्य विवरणः
१. व्यक्तिगत विवरणः यस विवरण अन्तर्गत आफ्नो नाम, जन्ममिति, नागरिकताको विवरण, स्थायी तथा अस्थायी ठेगाना, आफ्नो तीनपुस्ते सहितको पारिवारिक विवरण, इमेल तथा मोबाइल नम्बर आदि अनिवार्य रूपमा उल्लेख गर्नुपर्दछ । व्यक्तिगत विवरण विना डिम्याट खाता खोल्न सकिन्न ।
यसरी व्यक्तिगत विवरण हाल्दा नाम, बीचको नाम, थर, नागरिकता नं., नागरिकता वितरण गरेको जिल्ला तथा मिति फरक पर्न गएमा पनि डिम्याट खाता खुलेपछि सच्याउनु परेमा प्रत्येक पटक रु.१०० शुल्क सीडीएससीमा बुझाउनुपर्ने हुन्छ । तसर्थ यस्ता विवरणहरूलाई ध्यान दिएर आफ्नो नागरिकताको प्रमाणपत्रमा जे उल्लेख गरिएको छ सोही अनुसार फारममा भर्नुपर्ने हुन्छ ।
२. बैक खाता र विवरणः डिम्याट खाता खोल्नको लागि बैंक खाता जरूरी हुन्छ । डिम्याट खातामा तपाइँको बैंकको विवरण आवश्यक पर्ने भएकाले बैंक खाता नभई डिम्याट खाताको आवेदन डीपीले स्वीकार गर्दैन । डिम्याटको लागि बैंक खाताको पूर्ण विवरण दिनुपर्ने हुन्छ । जस्तैः बैंकको नाम, खाता नम्बर,  खाताको प्रकार -बचत, चल्ती), बैंक खाता रहेको शाखा, आदि ।
३. फोटोः तपाईले पासपोर्ट साइजको फोटो अनिवार्य रूपमा उपलब्ध गराउनुपर्छ ।
४. नागरिकताको फोटोकपीः तपाईले आफ्नो पहिचानको प्रमाणका रूपमा नागरिकताको फोटोकपी दिनुपर्छ । निक्षेप सदस्यले तपाइँको सक्कल नागरिकता प्रमाणपत्र हेर्न चाहेमा सो समेत देखाउनुपर्ने हुन सक्दछ । तसर्थ डिम्याट खाता खोल्न जाँदा सक्कल नागरिकताको प्रमाणपत्र सहित जानुपर्ने हुन्छ ।
५. लोकेसन म्यापः तपाईले अहिले आफू बस्ने स्थानलाई पहिचान गर्न मिल्ने गरेर एउटा लोकेसन म्याप बनाउनुपर्ने हुन्छ । तपाइँले हालको बासस्थान उल्लेख हुने गरिको एउटा लोकेसन म्याप अनिवार्य रूपमा बनाउनुपर्ने हुन्छ ।
६. संरक्षकको विवरणः यदि डिम्याट खाता खोल्दा १८ वर्ष मुनिको नाबालकको विवरण भर्नुपर्नेछ भने त्यस्तो फारममा अनिवार्य रूपमा सो खाताको संरक्षकको विवरण उल्लेख गर्नुपर्ने हुन्छ । यसका साथै जिल्ला प्रशासनले प्रमाण दिएको ‘क वर्ग’को अशक्तता भएको व्यक्तिको डिम्याट खाता खोल्दा पनि अनिवार्य रूपमा संरक्षकको विवरण उल्लेख गर्नुपर्दछ ।
७. औंठाछाप तथा हस्ताक्षरः फारममा अनिवार्य रूपमा औंठाछाप तथा हस्ताक्षर उल्लेख भएको स्थानमा दायाँ-बायाँ औंठाछाप तथा हस्ताक्षर गर्नुपर्ने हुन्छ । दायाँ-बायाँ औंठाछाप तथा हस्ताक्षर नभएको फारमको निक्षेप सदस्यले डिम्याट खाता खोल्दैनन् ।
ऐच्छिक विवरण
१. स्थायी लेखा नम्बरः तपाईले आफ्नो करदाता प्रमाणपत्र जसलाई स्थायी लेखा नम्बर (प्यान कार्ड) भन्छन्, त्यसको फोटोकपी पनि उपलब्ध गराउनुपर्छ ।
२. इच्छाइएको व्यक्ति सम्बन्धी विवरणः तपाइँले आफ्नो डिम्याट खाताको लागि इच्छाइएको व्यक्ति सम्बन्धी विवरण उपलब्ध गराउनुपर्ने हुन्छ । इच्छाइएको व्यक्तिसँग तपाईको अनुपस्थिति वा मृत्यु पश्चात् डिम्याट खातामा रहेको शेयरलाई मृत्यु नामसारी गरेर हाम्रो डिम्याट खातामा ट्रान्सफर गर्ने अख्तियारी प्राप्त हुन्छ ।
यस्तो इच्छाइएको व्यक्तिको विवरणमा इच्छाइएको व्यक्तिको फोटो, उसको व्यक्तिगत विवरण तथा दायाँ-बायाँ औंठाछाप हुनुका साथै हस्ताक्षर समेत हुनुपर्दछ । यसरी इच्छाइएको व्यक्तिको नागरिकताको विवरण समेत फारममा संलग्न गरेको हुनुपर्दछ । यदि उपरोक्त विवरण नभएको खण्डमा निक्षेप सदस्यले यस्तो विवरण राख्न बाध्यकारी हुनेछैन ।
फारम विवरण 
तपाईले आफ्नो डिम्याट खाता खोल्नको लागि तल दिइएको अनुसूची १२ (प्राकृतिक व्यक्तिको हितग्राही खाता खोल्ने निवेदनको ढाँचा) र अनुसूची १५ (निक्षेप सदस्य र हितग्राही व्यक्ति वा संस्था बीचको सम्झौता) को नमूना फारम भरेर डीपीलाई बुझाउनुपर्ने हुन्छ । तपाईले कुन डीपीमा डिम्याट खाता खोल्न चाहनुहुन्छ, त्यहीं गएर फारम भरी सम्बन्धित शाखामा बुझाउनुपर्छ ।

धेरै पढिएका

डिम्याट खाता

डिम्याट खाता खोल्न कुन कुन कागजात आवश्यक हुन्छ ?  

डिम्याट खाता खोल्नुको मुख्य उद्देश्य खरिद गरिएका वा आफूसँग भएका कागजी धितोपत्र विद्युतीय रूपमा राख्नु हो । डिम्याट खाता खोल्न...

डिम्याट खाता

डिम्याट खाता भनेको के हो ?

डिम्याट खाता भनेको शेयर कारोबार गर्ने लगानीकर्ताहरूले आफूले विभिन्न तरिकाबाट खरिद गरेको शेयरलाई विद्युतीय माध्यमबाट जम्मा गरी राख्नलाई प्रयोग हुने...

डिम्याट खाता

डिम्याट खाता कति प्रकारका हुन्छन् ? 

डिम्याट खातालाई नेपालमा ५ किसिमबाट वर्गीकरण गरिएको छ । ती हुन् - व्यक्तिगत, संयुक्त, नाबालक (माइनर), संस्थागत र एनआरएन डिम्याट...

डिम्याट खाता

निक्षेप सदस्य/डिपोजिटरी पार्टिसिपेन्ट/डीपी भनेको के हो ?

सीडीएससीले डिम्याट सेवाहरू यिनै निक्षेप सदस्यहरू मार्फत प्रदान गर्दछ । लगानीकर्ता डीपी मार्फत सीडीएससीमा जोडिएका हुन्छन् । लगानीकर्ताले दिएका सबै...

डिम्याट खाता

अनलाइन डिम्याट खाता कसरी खोल्ने ?

सीडीएससीमा आवद्धमध्ये केही डीपीले डिम्याट खाता अनलाइन खोल्न सकिने सुविधा दिएका छन् । त्यहाँ निम्नानुसार डिम्याट खाता खोल्न सकिन्छ ।...

डिम्याट खाता

डिम्याट खाता कसरी बन्द गर्ने ?

हितग्राहीले आफ्नो खाता बन्द गर्न चाहेमा निम्न अनुसारको ढाँचामा निक्षेप सदस्य (डीपी) समक्ष निवेदन दिनुपर्नेछ ।

0 %

पढिसक्नुभयो !