+

डिम्याट खाता

२१ च्याप्टर
Chapter - 3

अनलाइन डिम्याट खाता कसरी खोल्ने ?

२०८० चैत  २० गते १८:०६ २०८० चैत २० गते १८:०६

सीडीएससीमा आवद्धमध्ये केही डीपीले डिम्याट खाता अनलाइन खोल्न सकिने सुविधा दिएका छन् । त्यहाँ निम्नानुसार डिम्याट खाता खोल्न सकिन्छ ।

१. निक्षेप सदस्य (डीपी) छान्नुहोस्ः तपाईले सीडीएससीमा आबद्ध डीपी मार्फत डिम्याट खाता खोल्नुपर्छ । यी संस्थाहरूले सेबोनबाट इजाजत पाएका हुन्छन् र सीडीएससीको सदस्य पनि हुन्छन् ।

अनलाइन डिम्याट खाता खोल्न सकिने केही लिंक :

क्रम डिपोजिटरी पार्टी खाता खोल्ने लिंक
1. Global IME Capital globalimecapital.com
2. Sun Securities Pvt. Ltd https://kyc.sunsecurities.com
3. Himalayan Bank www.himalayancapital.com/online-demat-opening
4. Kumari Bank www.online-demat.kumaribank.com
5. Laxmi Bank www.laxmicapital.com.np/demat/Demat-Registration.aspx
6. Nabil Bank www.onlinedemat.nabilinvest.com.np
7. Nepal Bank Limited www.demat.nepalbank.com.np
8. NIC Asia Capital www.onlinedemat.nicasiacapital.com/#/
9. Prime Commercial Bank www.onlinedemat.primebank.com.np
10. Sunrise Capital www.dts.sunrisecapital.com.np/dpform

२. खाता खोल्नु अगाडि आवश्यक कागजात संकलन गर्नुहोस्ः डिम्याट खाता खोल्नको लागि तपाइँलाई केही कागजात चाहिन्छ । खाता खोल्नु अगाडि आवश्यक कागजात जम्मा गर्नुहोस् ।

कृपया, आवेदन दिनुअघि तलका कागजातहरूको डिजिटल कपी रहेको निश्चित गर्नुहोस् :

(Please ensure that you have digital copies of the following documents ready for application)

  • Recently taken photograph (Passport size photo)- दुवै कान स्पष्ट देखिने गरी हालसालै खिचेको पासपोर्ट साइजको फोटो हुनुपर्ने ।
  • Signature on plain and white paper – दस्तखत – अन्यत्र कतै प्रयोग नभएको सादा पेपरमा कालो वा नीलो पेनले गरेको हुनुपर्ने ।
  • Thumb Print on plain and white paper -औंठाछाप (ल्याप्चे) – अन्यत्र कतै प्रयोग नभएको सादा पेपरमा दायाँ र बायाँ छुट्याइएको हुनुपर्ने । नागरिकता, लाइसेन्स वा अन्यत्र प्रयोग भएको औंठाछाप प्रयोग गर्न नपाइने ।
  • Citizenship Copy (Front and Back) – नागरिकताको अगाडि र पछाडिको भाग स्पष्ट देखिने गरी खिचेको फोटो हुनुपर्ने ।
  • Photo of Applicant holding their Citizenship Document – सक्कल नागरिकता हातमा लिएर अनुहार तथा हातमा लिएको नागरिकता देखिने गरी खिचिएको फोटो हुनुपर्ने । (नोटः यस्तो फोटोमा नागरिकता तथा जन्मदर्ताको विवरण पढ्न मिल्ने गरी खिचिएको हुनुपर्नेछ । अन्यथा पढ्न नमिलेको खण्डमा रुजु नहुने भएका कारण आवेदन रद्द हुनेछ ।)
  • Birth Certificate in case of Minor – नाबालकको हकमा (१८ वर्षभन्दा मुनि) जन्मदर्ता अनिवार्य हुनुपर्ने । साथै संरक्षकमा बुवा वा आमा हुनुपर्ने । जन्मदर्ता बाहेक अन्य कागजातहरु जस्तै : अस्पतालको जन्मदर्ताको प्रमाणपत्र, नाबालक परिचयपत्र मान्य हुने छैन ।
  • location map – लोकेसन म्याप आफू हाल बसोबास गरिरहेको घरबाट नजिकैको कुनै प्रचलित स्थान हुने गरी स्पष्ट हुनुपर्ने ।
  • विवाहितको हकमा पति÷पत्नीको उल्लेखित सम्पूर्ण विवरण आवश्यक पर्छ । साथै, इच्छाएको व्यक्ति÷हकवाला÷नोमिनी राख्नु परेमा उक्त हकवालाको माथि उल्लेखित सम्पूर्ण विवरण आवश्यक पर्छ ।

अनलाइन डिम्याट खाता खोल्ने नमूना फारम
नमूनाको लागि ग्लोबल आईएमई क्यापिटलको अनलाइन डिम्याट खोल्ने फारम छनोट गरिएको छ । अरु धेरै कम्पनीको वेबसाइटमा अनलाइन फारम उपलब्ध छ ।  पहिले क्यापिटलको वेबसाइट खोल्नुहोस् ।  त्यसपछि Demat Account Menu मा गएर  Demat Account Opening मा click गर्नुहोस् ।

त्यसपछि Open New Individual Demat Account मा जानुहोस् ।

तपाईको अनलाइन डिम्याट फारम खुल्छ, विवरण फरक नपर्ने गरी त्यो फारम राम्ररी भर्नुहोस् । टम्स एन्ड कन्डिसन पढेर आप्mनो नागरिकता र फोटो राखिसकेपछि प्रोसेस बटन क्लिक गर्नुहोस् । फारम भरिसकेपछि आवश्यक कागजात अट्याच गरी सबमिट गर्नुपर्छ । सबमिट गरिसकेपछि तपाइँले दिएको इमेलमा फारम सबमिट भएको जानकारी (केवाइसी रजिस्ट्रेसन रिफरेन्स नम्बर) आउँछ । उक्त फारम पश्चात् तपाइँ स्वयंले नै डिम्याटको फारम भरेको सुनिश्चित गर्न भिडियो केवाइसी भेरिफिकेसन गर्नुपर्ने हुन्छ ।

उक्त डिम्याट खाता लगइनको लागि ‘मेरो शेयर’ रजिस्ट्रेसन फारम पनि भर्नुपर्छ ।

फारमको सम्पूर्ण प्रक्रिया पूरा गरेपछि डिम्याट रजिस्ट्रेसनमा गई पेमेन्ट गर्नुपर्छ । पेमेन्ट गर्नु अगाडि ‘सब्सक्राइब टु मेरो शेयर’मा टिक गर्नुपर्छ ।

त्यसपछि तपाईको इमेलमा ‘मेरो शेयर’को युजरनेम र पासवर्ड आउँछ । स्टक एक्सचेन्जमा कारोबार गर्ने तपाइँको योजना भए ब्रोकरकहाँ गएर कारोबार खाता (ट्रेडिङ्ग एकाउन्ट) पनि खोल्नुपर्छ ।

धेरै पढिएका

डिम्याट खाता

डिम्याट खाता खोल्न कुन कुन कागजात आवश्यक हुन्छ ?  

डिम्याट खाता खोल्नुको मुख्य उद्देश्य खरिद गरिएका वा आफूसँग भएका कागजी धितोपत्र विद्युतीय रूपमा राख्नु हो । डिम्याट खाता खोल्न...

डिम्याट खाता

डिम्याट खाता भनेको के हो ?

डिम्याट खाता भनेको शेयर कारोबार गर्ने लगानीकर्ताहरूले आफूले विभिन्न तरिकाबाट खरिद गरेको शेयरलाई विद्युतीय माध्यमबाट जम्मा गरी राख्नलाई प्रयोग हुने...

डिम्याट खाता

मेरो सेयर अनलाइन सेवा कसरी प्रयोग गर्ने ?

‘मेरो सेयर’ को सुविधा लिन चाहने लगानीकर्ताले आफ्नो निक्षेप सदस्यकोमा गई फारम भर्नुपर्छ । फारम बुझाइसकेपछि निक्षेप सदस्यले ‘मेरो शेयर’...

डिम्याट खाता

बीओआईडी भनेको के हो ? 

१६ अंकको डिम्याट खाता नै बीओआईडी (लाभग्राही पहिचान नम्बर) हो । डिम्याट खाता खोल्ने ग्राहकलाई खाताको सबै जानकारी र बीओआईडी...

डिम्याट खाता

निक्षेप सदस्य/डिपोजिटरी पार्टिसिपेन्ट/डीपी भनेको के हो ?

सीडीएससीले डिम्याट सेवाहरू यिनै निक्षेप सदस्यहरू मार्फत प्रदान गर्दछ । लगानीकर्ता डीपी मार्फत सीडीएससीमा जोडिएका हुन्छन् । लगानीकर्ताले दिएका सबै...

डिम्याट खाता

डिम्याट खातामा गर्न हुने/नहुने काम

१. धितोपत्रको विवरणहरू सधैं सुरक्षित राख्नुपर्छ । समय–समयमा डिम्याट खातामा भएको विवरण प्रिन्ट निकालेर सुरक्षित राख्नु बुद्धिमानी हुन्छ । २....

0 %

पढिसक्नुभयो !