+

डिम्याट खाता

२१ च्याप्टर
Chapter - 7

एउटा डिम्याटबाट अर्कोमा कसरी सेयर ट्रान्सफर गर्ने ?

२०८० चैत  १३ गते १३:११ २०८० चैत १३ गते १३:११

बजारको भाषामा एउटा डिम्याट खाताबाट अर्को डिम्याट खातामा सेयर सार्ने कार्यलाई Bo to Bo  (बीओ टू बीओ) सेयर ट्रान्सफर भनिन्छ । एउटा लगानीकर्ताले एउटा वा एउटा भन्दा धेरै डिम्याट खातामा आफूसँग भएका धितोपत्रहरू राख्न सक्छ । उसले यस क्रममा एउटा डिम्याट खाताबाट अर्को डिम्याट खातामा विभिन्न कारणले उसले धितोपत्रहरू सार्न सक्छ वा जम्मा गर्न सक्छ । यसरी एउटा खाताबाट अर्को खातामा शेयर सार्नका लागि केही प्रक्रियाहरू पूरा गर्नुपर्ने हुन्छ । जुन निम्नानुसार रहेको छ ।

१. निक्षेप सदस्य (डीपी) लाई सम्पर्क गर्नुहोस्
Bo to Bo ट्रान्सफरका लागि खाताधनी (हितग्राही) ले आफ्नो डिम्याट खाता भएको डीपीलाई सम्पर्क गर्नुपर्छ ।

२. फारम भर्नुहोस्
यसपछि Bo to Bo ट्रान्सफरका लागि डीपीले उपलब्ध गराएको फारम भर्नुपर्छ । फारमको ढाँचा निम्नानुसारको रहेको हुन्छ ।

३. विवरण भर्नुहोस् :

  • शेयर पठाउने डिम्याट खाता र शेयर पाउने डिम्याट खाता नम्बर
  • नागरिकता नम्बर
  • नाम
  • बुवाको नाम
  • आमाको नाम
  • पति/पत्नीको नाम
  • हजुरबुवाको नाम
  • जन्ममिति
  • स्थानान्तरण गर्नुपर्ने शेयरको विवरण
  • हस्ताक्षर

४. Bo to Bo फारमहरू भरेर बुझाउनुहोस्
एक पटक फारमहरू विधिवत् रूपमा भरेर सबै विवरण रुजु गरी हस्ताक्षर गरेपछि आफ्नो शेयर रहेको डीपीमा सो फारम बुझाउनुपर्दछ । यसरी फारम भरेर बुझाउँदा पठाउने डीपीले प्रति कम्पनी रु.२५ शुल्क लिने गर्दछन् ।

५. डीपी प्रमाणीकरण
स्थानान्तरण गर्ने डीपीले फारममा भएको अनुसारले सबै विवरण डीपीसँग पहिले भएको रेकर्डसँग मेल खान्छ भनी सुनिश्चित गरेपछि डीपीहरूले स्थानान्तरण फारमहरू प्रमाणित गर्छन् ।

डीपीको प्रमाणीकरण पछि स्थानान्तरण गर्ने शेयरको एउटा ट्रेड आईडी बन्छ र त्यसलाई फारममा संलग्न गरिन्छ । उक्त ट्रेड आईडी बनेपछि सो शेयरलाई आफूले सार्न लागेको नयाँ डिम्याट खाता भएको डीपीमा प्राप्तिको सहमति लिनुपर्दछ । यसरी सहमति दिंदा प्राप्त गर्ने डीपीका कर्मचारीले हस्ताक्षर तथा छाप सहित प्राप्त गर्ने सहमति जनाउनुपर्दछ ।

६. अनुमोदन र स्थानान्तरण
पठाउने तथा प्राप्त गर्ने दुवै डीपीबाट Bo to Bo फारम प्रमाणीकरण भएपछि सोही दिन नै सो फारम सीडीएससी समक्ष पेश गर्नुपर्दछ । यदि अर्को दिन सीडीएससी समक्ष स्थानान्तरणका लागि पठाएको खण्डमा सो फारममा उल्लेख भएको ट्रेड आईडीले काम गर्दैन ।

यसरी सीडीएससीले फारममा सबै विवरण र प्रमाणीकरण जाँच गरेपछि प्रति डिम्याट खाता ट्रान्सफर शुल्क रु.१०० लिएर पठाउने डिम्याट खाताबाट पाउने डिम्याट खातामा शेयर सार्ने कार्य सम्पन्न हुन्छ । Bo to Bo ट्रान्सफर प्रक्रियाहरू एकै दिनभित्र सम्पन्न गर्नुपर्ने हुन्छ । स्थानान्तरण भएकै दिनमा धितोपत्र प्रापकको डिम्याट खातामा देखिन्छ ।

धेरै पढिएका

डिम्याट खाता

डिम्याट खाता खोल्न कुन कुन कागजात आवश्यक हुन्छ ?  

डिम्याट खाता खोल्नुको मुख्य उद्देश्य खरिद गरिएका वा आफूसँग भएका कागजी धितोपत्र विद्युतीय रूपमा राख्नु हो । डिम्याट खाता खोल्न...

डिम्याट खाता

डिम्याट खाता भनेको के हो ?

डिम्याट खाता भनेको शेयर कारोबार गर्ने लगानीकर्ताहरूले आफूले विभिन्न तरिकाबाट खरिद गरेको शेयरलाई विद्युतीय माध्यमबाट जम्मा गरी राख्नलाई प्रयोग हुने...

डिम्याट खाता

मेरो सेयर अनलाइन सेवा कसरी प्रयोग गर्ने ?

‘मेरो सेयर’ को सुविधा लिन चाहने लगानीकर्ताले आफ्नो निक्षेप सदस्यकोमा गई फारम भर्नुपर्छ । फारम बुझाइसकेपछि निक्षेप सदस्यले ‘मेरो शेयर’...

डिम्याट खाता

बीओआईडी भनेको के हो ? 

१६ अंकको डिम्याट खाता नै बीओआईडी (लाभग्राही पहिचान नम्बर) हो । डिम्याट खाता खोल्ने ग्राहकलाई खाताको सबै जानकारी र बीओआईडी...

डिम्याट खाता

निक्षेप सदस्य/डिपोजिटरी पार्टिसिपेन्ट/डीपी भनेको के हो ?

सीडीएससीले डिम्याट सेवाहरू यिनै निक्षेप सदस्यहरू मार्फत प्रदान गर्दछ । लगानीकर्ता डीपी मार्फत सीडीएससीमा जोडिएका हुन्छन् । लगानीकर्ताले दिएका सबै...

डिम्याट खाता

भौतिक सेयर प्रमाणपत्र कसरी डिम्याट गर्ने ?

सेयरको अभौतिकीकरण भन्नाले कागजी शेयर प्रमाणपत्र वा धितोपत्रलाई विद्युतीय वा डिजिटल रूपमा रूपान्तरण गर्ने प्रक्रियालाई बुझिन्छ ।

0 %

पढिसक्नुभयो !