+
+

सर्लाहीको हरिपुर्वामा आगलागी, ५ घर जल्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १३ गते १६:४०

१३ वैशाख, जनकपुरधाम । सर्लाहीको हरिपुर्वा नगरपालिका-५ धोबियाही टोलमा आगलागी भएको छ ।

दिउँसो २: १५ बजे सुरु भएको आगलागीबाट अहिलेसम्म ५ वटा घर जलेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार फोहोर जलाउन बालेको आगोबाट आगलागी भएको हो । आगो निभाउन महोत्तरीको सम्सी गाउँपालिका र हरिवनबाट दमकल बोलाइएको छ ।

थप घरमा आगो फैलने सम्भावना नरहेको डीएसपी श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?