 
																			८ चैत, काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकामा पर्ने केउरानी सामुदायिक वनमा लागेको आगलागी ६ घण्टा भइसक्दा पनि नियन्त्रणमा आउन सकेको छैन ।
नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले अहिले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको भए पनि पूर्ण रुपमा नियन्त्रणमा भने लिन नसकिएको काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए ।
उनले भने, ‘नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले आगो नियन्त्रणमा लिने प्रयास गरे पनि सकेका छैनौं। त्यसकारण हामी स्थानीय गाउँलेहरूसँग समन्वय गरेर पुन: आगलागी नियन्त्रणको प्रयासमा लागिरहेका छौं।’
उनले उक्त वनको विभिन्न ठाउँमा आगलागी भएकाले नियन्त्रणमा लिन कठिन भइरहेको बताए । आगलागी भएको जानकारी पाउनासाथ नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
हेर्नुहोस् तस्वीरहरू :
 
 

 
  
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                
प्रतिक्रिया 4