+
+
Shares

‘भ्वाइस अफ नेपाल’ सातौं सिजनको कोचमा फर्किए प्रमोद खरेल

मेलिना र खेमको निरन्तरता

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २५ गते १२:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ‘भ्वाइस अफ नेपाल’ सातौं सिजनको औपचारिक घोषणा शनिबार ‘भ्वाइस किड्स’ चौथो सिजनको फिनालेमा गरिएको छ।
  • सातौं सिजनका तीन कोच प्रमोद खरेल, मेलिना राई र खेम सेन्चुरी रहेका छन् भने अर्को कोचको घोषणा हुन बाँकी छ।
  • प्रमोद खरेलले भ्वाइसमा फर्किएको जानकारी दिए र सातौं सिजनको प्रसारण दशैंअघि हिमालय टिभीमा हुने तयारीमा छ।

काठमाडौं । ‘भ्वाइस अफ नेपाल’ सातौं सिजनको औपचारिक घोषणा भएको छ । शनिबार प्रसारित ‘भ्वाइस किड्स’ चौंथो सिजनको फिनालेमा यसको औपचारिक जानकारी दिइयो ।

समारोहमा सातौं सिजनका ३ जना कोचको पनि घोषणा गरियो । जसअनुसार, ‘भ्वाइस’मा प्रमोद खरेलको पुनरागमन भएको छ । खरेलसहित मेलिना राई र खेम सेन्चुरीले कोचको रुपमा निरन्तरता पाएका छन् ।

अर्का एकजना कोचको घोषणा हुन बाँकी छ ।

आफू भ्वाइसमा फर्किएको जानकारी दिन प्रमोद स्टेजमा उक्लिएका थिए । उनलाई होस्ट सुशिल नेपालले भ्वाइसको सातौं सिजनमा फर्किएको भन्दै दर्शकलाई जानकारी गराए ।

‘म यहाँ नहुँदा भ्वाइसलाई निकै मिस गरेको थिएँ । तनाव बेगर शो हेर्दा अर्कै आनन्द आउने । यहाँ नहुँदा प्रेसर नहुने’ प्रमोदले भने ।

प्रमोद भ्वाइसको छैटौं र किड्सको चौैंथो सिजनमा छुटेका थिए । ‘भ्वाइस’को सातौं सिजनको डिजिटल अडिसन सकिएको छ भने ब्लाइन्ड अडिसन सुरु हुने तयारीमा छ ।

सातौं सिजनको प्रसारण दशैंअघि हिमालय टिभीमा हुने तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?