+
+
Shares

वैदेशिक रोजगार विभाग पूर्णरूपमा ध्वस्त, श्रम स्वीकृति काम भने जारी

आगजनी र तोडफोडका कारण विभागमा पूर्णरूपमा क्षति पुगेको र अहिले आंशिक रूपमा सेवा प्रवाह भइरहेको महानिर्देशक कमल भट्टराईले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २६ गते १८:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मंगलबार जेनजी प्रदर्शनकारीले ताहाचलस्थित वैदेशिक रोजगार विभागमा तोडफोड र आगजनी गरी तल्लो भवन पूर्णरूपमा क्षति पुगेको महानिर्देशक कमल भट्टराईले बताए।

२६ भदौ, काठमाडौं । जेनजी प्रदर्शनकारीले वैदेशिक रोजगार विभाग समेत ध्वस्त पारेका छन् ।

मंगलबार प्रदर्शनकारीले ताहाचलमा रहेको विभागमा तोडफोड तथा आगजनी गरेका हुन् । जसका कारण विभागको तल्लो भवन पूर्णरूपमा क्षति पुगेको विभागका महानिर्देशक कमल भट्टराईले जानकारी दिए ।

आगजनी र तोडफोडका कारण विभागमा पूर्णरूपमा क्षति पुगेको र अहिले आंशिक रूपमा सेवा प्रवाह भइरहेको उनले बताए । आगजनीबाट प्रशासन शाखा, मुद्दा शाखा तथा महानिर्देशक कार्यकक्ष पूर्णरूपमा ध्वस्त भएको छ ।

विभागभन्दा माथि रहेको वैदेशिक रोजगार कार्यालयमा भने केही भएको छैन । जसले गर्दा श्रम स्वीकृतिको सेवा प्रवाहमा कुनै समस्या नआएको भट्टराईले बताए ।

‘माथिल्लो भवनमा श्रम स्वीकृतिको कार्य हुन्छ । त्यहाँ पनि क्षति पुगेको भए श्रम स्वीकृतिको कार्य समेत बन्द हुन्थ्यो,’ भट्टराईले भने, ‘अहिले साथीहरूले घरबाटै श्रम स्वीकृतिको काम गरिरहेका छन् । श्रम स्वीकृतिका लागि अलि–अलि आइरहेका छन् । त्यो घरबाटै भइरहेको छ ।’

मंगलबारको जेनजी प्रदर्शन क्रममा प्रदर्शनकारीले सिंहदरबार, संसद् भवन, अदालत तथा सरकारी कार्यालयहरूमा तोडफोड तथा आगजनी गरेका थिए । त्यही क्रममा विभागमा समेत आगजनी तथा तोडफोड गरेका हुन् ।

वैदेशिक रोजगार ठगीसम्बन्धी थुनुवाहरू समेत भागेका छन् । पक्राउ परेर कालीमाटी प्रहरी वृत्तमा रख्ने गरिएको थियो । कालीमाटी प्रहरी वृत्तबाट थुनुवाहरू भागेसँगै विभागका थुनुवाहरू समेत भागेको  सूचना अधिकारी टीकाराम ढकालले जानकारी दिए ।

‘वैदेशिक रोजगार सम्बन्धी ठगीमा पक्राउ गरेकालाई कालीमाटी प्रहरी वृत्तमा राख्ने गरिएको थियो । कालीमाटीबाट अन्य थुनुवा भाग्ने क्रममा हाम्रा थुनुवा पनि भागेछन्,’ सूचना अधिकारी ढकालले भने ।

अहिले वैदेशिक रोजगार सम्बन्धी उजुरीहरूका विषयमा सामान्य तरिकाले काम भइरहेको उनको भनाइ छ । उजुरी आएपछि म्यानपावर व्यवसायीलाई फोन गरेर सोधपुछ गर्ने गरिएको ढकालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?