+
+
Shares

जेनजी प्रदर्शनमा ज्‍यान गुमाएकाको सम्झनामा मैनबत्ती बालेर श्रद्धाञ्जली सभा (तस्वीरहरू)

त्रिवि शिक्षण अस्पतालमा रहेका मृतकको सम्झनामा उनका आफन्तहरूले मैनबत्ती बालेर श्रद्धाञ्जली सभा आयोजना गरेका हुन् ।

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८२ भदौ २६ गते २१:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जेनजी प्रदर्शनका क्रममा मृत्यु भएकाको सम्झनामा त्रिवि शिक्षण अस्पतालमा मैनबत्ती बालेर श्रद्धाञ्जली सभा आयोजना गरिएको छ।
  • स्वास्थ्य मन्त्रालयका अनुसार प्रदर्शनमा मृत्यु हुनेको संख्या ३४ पुगेको छ र १ हजार ३६८ घाइतेमध्ये ३२१ अस्पतालमा उपचाररत छन्।
  • मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले ९४९ जना डिस्चार्ज भइसकेको र विभिन्न अस्पतालमा मृत्यु भएका विवरण सार्वजनिक गरेका छन्।

२६ भदौ, काठमाडौं। जेनजी प्रदर्शनका क्रममा मृत्यु भएकाको सम्झनामा मैनबत्ती बालेर श्रद्धाञ्जली सभा आयोजना गरिएको छ ।

त्रिवि शिक्षण अस्पतालमा रहेका मृतकको सम्झनामा उनका आफन्तहरूले मैनबत्ती बालेर श्रद्धाञ्जली सभा आयोजना गरेका हुन् ।

श्रद्धाञ्जली सभामा उनका आफन्तहरू भावविह्वल अवस्थामा देखिन्थे। स्वास्थ्य मन्त्रालयका अनुसार विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार, मृतकको संख्या ३४ पुगेको छ ।

प्रदर्शनका क्रममा घाइते भएका १ हजार ३६८ जनामध्ये ३२१ जना अस्पतालमा उपचाररत छन् ।

हालसम्म ९४९ जना डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।

मन्त्रालयका अनुसार काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा ८, सिभिल अस्पतालमा ६, भेरी अस्पतालमा ५ जना, एभरेष्ट अस्पतालमा ३, फ्रन्टलाइन अस्पतालमा ३, केएमसी अस्पतालमा २, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २, काठमाडौंको बयोधा अस्पतालमा २ र त्रिवि शिक्षण अस्पताल, विराटनगरको बिर्तासिटी अस्पताल, बीएनसी अस्पतालमा एक–एक जनाको मृत्यु भएको छ ।

हेर्नुहोस्  थप तस्वीरहरू : 

 

 

लेखक
विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?