+
+
Shares

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

रासस रासस
२०८२ असोज २० गते ५:२७

२० असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ४१ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ३४ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिदर एक सय ६६ रुपैयाँ ४४ पैसा र बिक्रीदर एक सय ६७ रुपैयाँ १४ पैसा छ ।

युके पाउण्ड स्ट्रलिङ एकको खरिदर एक सय ९१ रुपैयाँ ६ पैसा र बिक्रीदर एक सय ९१ रुपैयाँ ८७ पैसा छ ।

स्वीस फ्रयाङ्क एकको खरिदर एक सय ७८ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ७८ रुपैयाँ ९७ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिदर ९३ रुपैयाँ ६१ पैसा र बिक्रीदर ९४ रुपैयाँ ९१ पैसा तथा क्यानेडियन डलर एकको खरिदर १०१ रुपैयाँ ५९ पैसा र बिक्रीदर १०२ रुपैयाँ २ पैसा छ ।

सिङ्गापुर डलर एकको खरिदर एक सय ९ रुपैयाँ ९७ पैसा र बिक्रीदर एक सय १० रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिदर नौ रुपैयाँ ६१ पैसा र बिक्रीदर नौ रुपैयाँ ६५ पैसा तथा चिनियाँ युआन एकको खरिदर १९ रुपैयाँ ९१ पैसा र बिक्रीदर १९ रुपैयाँ ९९ पैसा छ ।

साउदी अरेबियन रियाल एकको खरिदर ३७ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९५ पैसा, कतारी रियाल एकको खरिदर ३८ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिदर चार रुपैयाँ ३९ पैसा र बिक्रीदर चार रुपैयाँ ४० पैसा तथा युएई दिराम एकको खरिदर ३८ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७६ पैसा छ ।

मलेसियन रिङ्गेट एकको खरिदर ३३ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ८३ पैसा तथा साउथ कोरियन वन एक सयको खरिद १० रुपैयाँ ७ पैसा र बिक्रीदर १० रुपैयाँ ११ पैसा छ ।

स्वीडिस क्रोनर एकको खरिदर १५ रुपैयाँ १२ पैसा र बिक्रीदर १५ रुपैयाँ १९ पैसा र डेनिस क्रोनर एकको खरिदर २२ रुपैयाँ २९ पैसा र बिक्री दर २२ रुपैयाँ ३९ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १८ रुपैयाँ २२ पैसा र बिक्रीदर १८ रुपैयाँ २९ पैसा तोकेको छ ।

कुवेती दिनार एकको खरिदर चार सय ६४ रुपैयाँ ९५ पैसा र बिक्रीदर चार सय ६६ रुपैयाँ ९२ पैसा तथा बहराइन दिनार एकको खरिदर तीन सय ७५ रुपैयाँ ९८ पैसा र बिक्रीदर तीन सय ७७ रुपैयाँ ५७ पैसा छ ।

यसैगरी ओमनी रियाल एकको खरिदर तीन सय ६८ रुयैयाँ १४ पैसा र बिक्रीदर तीन सय ६९ रुपैयाँ ७० पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिदर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?