१९ कात्तिक, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नयाँ बसपार्क पुगेर नि:शुल्क इन्टरनेट (फ्रि-वाईफाई) सेवाबारे जानकारी लिएका छन् ।
बुधबार गंगबुस्थित नयाँ बसपार्क पुगेर उनले त्यहाँ सञ्चालनमा ल्याइएको इन्टरनेट सेवाबारे जानकारी लिएका हुन् ।
मन्त्री खरेलले गत ६ असोजमा मन्त्री नियुक्त भएपछि पहिलो निर्णय नै ५ महिनाभित्र देशका प्रमुख १० वटा शहरका सार्वजनिक स्थलमा नि:शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने निर्णय गरेका थिए ।
निर्णय अनुसार काठमाडौं बाहिरका प्रमुख १० वटा शहरका प्रमुख सार्वजनिक स्थलमा इन्टरनेट सेवा उपलब्ध गराइने बताइएको छ ।
मन्त्री खरेलको सचिवालयका अनसार, देशका विभिन्न शहरका सार्वजनिक स्थलमा इन्टरनेट सेवा सुचारु गर्ने प्रक्रिया अघि बढेको छ ।





प्रतिक्रिया 4