२० कात्तिक, काठमाडौं । ‘भिटामिन ए खुवाऔं, बाल मृत्युदर घटाऔं’ भन्ने मूल नाराका साथ बिहीबार र शुक्रबार (आज र भोलि) भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाइँदैछ ।
राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत सरकारले बिहीबार र शुक्रबार देशभर भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाउने अभियानलाई सञ्चालन गरेको हो ।
६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकाहरुलाई सो क्याप्सुल खुवाउने गरेको ललितपुर महानगरपालिका वडा नम्बर १५ कि नगर स्वास्थ्य केन्द्र प्रमुख संगीता मिश्रले बताइन् ।
उनले सो कार्यक्रममा सहभागी हुन पनि सबैलाई अनुरोध पनि गरिन् ।
‘जुन तोकिएको दिन छ । आफ बच्चाहरुलाई भिटामिन खुवाउन नछुटाउनु होला । भिटामिन सँगसँगै हामीले जुकाको औषधि पनि दिईरहेका हुन्छौं,’ मिश्रले भनिन्, ‘भिटामिन अरु बेलामा पाईदैन । त्यसैले नछुटाई खुवाउनु होला भनेर सबैलाई अनुरोध गर्दछौं ।’
नेपालमा यो कार्यक्रम हरेक वर्षमा २ पटक सञ्चालनमा आउने गरेका छन् । कात्तिक २ र ३ गते तथा वैशाख ६ र ७ गते मा गरेर सो कार्यक्रम सञ्चालन गरिने पनि नगर स्वास्थ्य केन्द्र प्रमुख मिश्रले बताइन् ।
यस वर्ष भने तिहार परेकाले कात्तिक २ र ३ गते सो कार्यक्रम २० र २१ गतेका लागि गरिएको पनि उनले बताइन् ।
सरकारले सबै स्थानीय तहमा ५ वर्ष मुनिका २८ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने र करिव ३० लाख बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य राखेको छ ।
यस अभियानमा ५२ हजार महिला स्वास्थ्य स्वयं सेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिएको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया 4