News Summary
Generated by OK AI. Editorially reviewed.- जेनजी युवाहरूले माइतीघर मण्डलामा सरकारको विरोधमा प्रदर्शन गरेका छन्।
- उनीहरूले 'सुशीलाको पाराले, दु:ख पाए साराले' लगायत नारा लेखिएका पम्प्लेटहरू प्रदर्शनमा प्रयोग गरेका छन्।
- प्रदर्शनले जेनजी पुस्ताका मागहरू सम्बोधन नगरेको सरकारप्रति असन्तुष्टि जनाएको छ।
११ मंसिर, काठमाडौँ। माइतीघर मण्डलामा जेनजी युवाहरूले सरकारको विरोधमा प्रदर्शन गरेका छन् ।
जेनजी आन्दोलनपछि बनेको सरकारले पनि आफ्ना मागहरू सम्बोधन गर्न नसकेको भन्दै उनीहरूले माइतीघरमा उभिएर ब्यानरसहित प्रदर्शनमा उत्रिएका हुन्।
उनीहरूले ‘सुशीलाको पाराले, दु:ख पाए साराले’, ‘सम्पूर्ण जेनजी पुस्ता एक हौं,’ ‘ जेनजीको आडमा चुरीफुरी, सुशिला सरकार कुरीकुरी, ‘ओलीको खेलमा, सुशिलाको झेलमा, जेनजी सबै जेलमा’ लगायतका नारा बनाएका पम्प्लेट बोकेका छन् ।
हेर्नुहोस् तस्वीरहरू :

प्रतिक्रिया 4