News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चुक्ता पूँजीको १६.०५ प्रतिशत नगद र ५ प्रतिशत बोनस सेयर गरी कुल २१.०५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ।
- कम्पनीले कुल १ अर्ब ९० करोड रुपैयाँ बराबरको लाभांश आगामी साधारणसभा र बीमा प्राधिकरणको स्वीकृति पश्चात वितरण गर्ने जनाएको छ।
- हाल कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८२२ रुपैयाँ हाराहारीमा रहेको छ।
२५ मंसिर, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।
कम्पनीको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पूँजीको १६.०५ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर गरी कुल २१.०५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
कुल १ अर्ब ९० करोड रुपैयाँ बराबरको लाभांश प्रदान गरिने कम्पनीले जनाएको छ । यो लाभांश आगामी साधारणसभा तथा नियामक बीमा प्राधिकरणबाट स्वीकृति भएपश्चात वितरण हुनेछ ।
हाल कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८२२ रुपैयाँ हाराहारीमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4