काठमाडौं । नेपाली महिला राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा हर्षल जयन्त पाठक नियुक्त भएका छन् ।
हर्षल जयन्त पाठक यसअघि थाइल्यान्ड महिला राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकको रूपमा कार्यरत थिए । भारतका पाठकलाई नेपाल क्रिकेट संघ (क्यान)ले महिला क्रिकेट टिमको प्रशिक्षक नियुक्त गरेको प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।
नेपाली महिला राष्ट्रिय क्रिकेट टिम अहिले काठमाडौँमा आईसीसी विमेन्स टी–२० ग्लोबल क्वालिफायर तयारी क्याम्पमा व्यस्त छ । यो क्याम्प अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को कार्यक्रम अनुसार यही जनवरी १२ देखि फेब्रुअरी १, २०२६ सम्म सञ्चालन हुने छ ।
नेपाल क्रिकेट संघका प्रवक्ता छुम्बी लामाका अनुसार, नयाँ प्रशिक्षकको अनुभव र विशेषज्ञताले टिमलाई आगामी प्रतियोगितामा बलियो प्रदर्शन गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4