+
+

ओलीनिवासमा बसेको तीनदलको शीर्ष बैठक निष्कर्षविहीन

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ १३ गते १२:१७

१३ भदौ, काठमाडौं । उच्चस्तरीय राजनीतिक समिति गठनमा सहमति जुटाउन एमाले अध्यक्ष केपी ओलीको निवासमा बसेको प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक निष्कर्षविहीन भएको छ ।

अध्यक्ष ओली आजै साँझ उपचारका लागि दिल्ली जान लागेकाले त्यसअघि नै संयन्त्र गठनमा सहमति जुटाउन शीर्ष बैठक डाकिएको थियो । विहीबार साँझ प्रचण्ड र ओलीवीच भएको भेटवार्तापछि  बैठक तय भएको हो ।

बैठकमा संयन्त्र गठनबारे छलफल भए पनि कुनै सहमित हुन सकेन । संयन्त्रको संयोजकमा एनेकपा माओवादीका अध्यक्ष प्रचण्ड हुनुपर्ने उसको दाबीमा कांग्रेस एमाले सहमति नजिक पुगेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?