+
+
Shares

‘भाइरल गोर्खे’ को प्रिमियर : ठाँटिएर पुगे सौगात-सृष्टि, साथमा सिसन पनि

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २९ गते १८:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म 'भाइरल गोर्खे' को प्रिमियर न्यूरोडस्थित रञ्जना सिनेप्लेक्स हलमा गरिएको छ।
  • निर्देशक निगम श्रेष्ठको यो फिल्म माघे सक्रान्तिको अवसरमा प्रदर्शन तयारीमा छ।
  • फिल्मले सामाजिक संजालमा भाइरल हुन खोज्ने प्रवृत्तिलाई व्यंग्य गर्दै सामाजिक संजालको असर र प्रभावको कथा प्रस्तुत गरेको छ।

काठमाडौं । प्रदर्शन तयारीमा रहेको फिल्म ‘भाइरल गोर्खे’ लाई प्रिमियर गरिएको छ । न्यूरोडस्थित रञ्जना सिनेप्लेक्स हलमा फिल्मको प्रिमियर गरिएको छ ।

प्रिमियर समारोहमा सृष्टि श्रेष्ठ, सौगात मल्ल, सिसन बानियाँ लगायतका सेलिब्रेटी पुगेका छन् । सृष्टिले नेवारी पोशाक लगाएरै समारोहमा भाग लिएकी छन् भने सौगात दौरा सुरुवालमा प्रस्तुत भएका छन् ।

निगम श्रेष्ठ निर्देशित फिल्म माघे सक्रान्तिको अवसरमा विहिबारदेखि प्रदर्शन तयारीमा छ । सामाजिक संजालमा भाइरल हुन खोज्ने प्रवृत्तिलाई व्यंग्य गर्ने यो फिल्ममा सामाजिक संजालको असर र प्रभावको कथा भनिएको छ ।

ब्रेकअपपछि सौगात र सृष्टिले पुनः एकसाथ यो फिल्ममा काम गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?