+
+
Shares

जितुले टुंग्याए ‘आइएम जितबहादुर’ को छायांकन, नीति र आर्यन ‘क्यामियो’ भूमिकामा

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १६ गते १६:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कलाकार जितु नेपाल 'मुन्द्रे' ले आफू निर्मित र अभिनित फिल्म 'आइएम जितबहादुर' को छायांकन १५औं दिनमा पूरा गरेका छन्।
  • फिल्मको अन्तिम दृश्य बिहीबार शंखमुलस्थित 'ए-वान क्याफे'मा छायांकन गरिएको थियो।
  • निर्देशक शुभेन्दु घोष निर्देशित फिल्ममा नीति शाह, आर्यन सिग्देल, प्रियंका कार्की र वर्षा राउतले अभिनय गरेका छन्।

काठमाडौं । कलाकार जितु नेपाल ‘मुन्द्रे’ ले आफू निर्मित र अभिनित फिल्म ‘आइएम जितबहादुर’ को छायांकन पूरा गरेका छन् । बिहीबार शंखमुलस्थित आफ्नै रेन्टुरेन्ट ‘ए-वान क्याफे’मा जितुले अन्तिम दृश्य छायांकन गरे ।

कथानुसार, अवार्ड समारोहको दृश्य खिच्दै छायांकन सकिएको हो । उक्त दृश्यमा जितुकी ‘ज्वाइँ साब’ को-एक्टर नीति शाह, अभिनेता आर्यन सिग्देल अतिथि भूमिकामा देखिएका छन् ।

१५औं दिनमा छायांकन सकिएको फिल्मका निर्माण नियन्त्रक दिलिप पन्तले जनाए । छायांकनपछि इन्ड-कल्याप पार्टी पनि आयोजना गरिएको थियो ।

प्राप्त फोटोमा जितु र नीतिलाई देख्न सकिन्छ । छायांकन सेटमा जितुका फियोन्से यान्चित राणा पनि देखिएका थिए । नीति र यान्चितबीच ८ फागुनमा विवाहको तयारी छ । पहिलोपटक यो जोडी सार्वजनिकरुपमा देखिएको हो ।

हिन्दी र बंगाली भाषाका निर्देशक शुभेन्दु घोष निर्देशित फिल्ममा प्रियंका कार्की र वर्षा राउतको पनि अभिनय छ । नेपाली कलाकारको संघर्ष र सफलताको कथावस्तुमा बनेको फिल्मको कथाको हिस्सा जितुको जीवनसँग पनि आधारित रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?