+
+
Shares

‘आइएम जितबहादुर’ बाट फिल्म निर्माणमा मुन्द्रे

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २२ गते १२:०७
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चर्चित कलाकार जितु नेपाल ‘मुन्द्रे’ले एकल लगानीमा फिल्म ‘आइएम जितबहादुर’ निर्माण गर्ने घोषणा गरेका छन्।
  • फिल्मलाई हिन्दी र बंगाली भाषाका निर्देशक शुभेन्दु घोषले निर्देशन गर्नेछन् र शीर्ष भूमिकामा जितु आफैं देखिनेछन्।
  • फिल्म माघ पहिलो सातादेखि काठमाडौं र मकवानपुरको चित्लाङ क्षेत्रमा छायांकन हुनेछ र डेढ करोड रुपैयाँ लगानीमा बन्नेछ।

काठमाडौं । चर्चित कलाकार जितु नेपाल ‘मुन्द्रे’ अब फिल्म निर्माता बन्ने भएका छन् । उनले मंगलबार आफ्नो एकल लगानी रहने फिल्म ‘आइएम जितबहादुर’ निर्माणको घोषणा गरेका छन् ।

यो फिल्मलाई केही हिन्दी र बंगाली भाषाका फिल्म निर्देशन गरेका शुभेन्दु घोषले निर्देशन गर्नेछन् । भारतको कोलकाता निवासी घोष लामो समयदेखि मुम्बईमा बस्दै आएका छन् ।

घोषकै कथा रहेको फिल्मको शीर्ष भूमिकामा जितु स्वयम देखिनेछन् । अन्य कलाकारको कास्टिङ प्रक्रिया सुरु भएको जानकारी उनले दिए । एक नेपाली कलाकारको संघर्ष र सफलताको कथावस्तुमा फिल्म बन्न लागेको हो ।

यो फिल्मको आंशिक भाग जितु स्वयमको जीवन संघर्षमा पनि आधारित हुनेछ । ‘यो नेपाली परिवेशकै कथा हो’ उनले भने, ‘दर्शकले मेरो संघर्षका दिनको कथालाई पनि यहाँ पाउनुहुनेछ । अलिकति मेरो जीवनको संघर्षसँग पनि मिल्छ ।’

निर्देशक घोषलाई आफूले लामो समयदेखि चिनेको र फिल्म बनाउने बारे लामो समयदेखि कुराकानी भैरहेकाले पनि सहज भएको जितुले बताए । ‘सुरुदेखि नै बनाउने सोच थियो । उसँग काम गर्न पनि कम्फर्टेबल छ’ उनले भने ।

माघ पहिलो सातादेखि छायांकन सुरु हुने फिल्म काठमाडौं र मकवानपुरको चित्लाङ क्षेत्रमा खिचिनेछ । डेढकरोड रुपैयाँ लगानीमा बन्ने फिल्मको प्रदर्शन चाहिँ प्रोजेक्ट तयार भएपछि मात्र तय गरिने छ ।

जितु यसअघि ‘छक्कापञ्जा’ समूहका फिल्ममा कार्यकारी निर्माताको रुपमा संलग्न थिए । तर, यसपटक भने उनी एकल लगानीमा फिल्म बनाउन कस्सिएका हुन् ।

फिल्मको निर्माण सुरु भएको जनाउँदै जितुले भने, ‘म हिजोदेखि यसैको काममा कुदेको कुद्यै छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?