+
+
Shares

सिन्धुली महोत्सवमा हजारौं दर्शकमाझ गुञ्जियो ‘प्रमोद एण्ड परम्परा’

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २० गते १६:३६
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गायक प्रमोद खरेल र उनको समूह 'प्रमोद एण्ड परम्परा' सिन्धुली महोत्सव २०८२ मा १५ हजारभन्दा बढी दर्शकसामु प्रस्तुति दिए।
  • प्रमोद खरेलले 'न कुनै शुक्रबार, न कुनै शनिबार, न कुनै बिदा' मा हजारौं दर्शकसामु गुञ्जिन पाउँदा खुसी लागेको बताए।
  • ब्याण्डले २२ माघ भोजपुर, २५ माघ स्याङ्जा र ६ फागुन उदयपुरमा प्रस्तुति दिने कार्यक्रम तय गरेको छ।

काठमाडौं । गायक प्रमोद खरेल र उनको सांगीतिक समूह ‘प्रमोद एण्ड परम्परा’ अहिले देशब्यापी टूरमा ब्यस्त छ । यो मेसोमा ब्याण्ड आइतबार ‘सिन्धुली महोत्सव २०८२’ मा गुञ्जियो ।

सिन्धुली उद्योग वाणिज्य संघद्वारा आयोजित महोत्सवमा खरेलले हजारौं दर्शकमाझ प्रस्तुति दिए । महोत्सवका सांस्कृतिक संयोजक रामभक्त श्रेष्ठका अनुसार १५ हजार भन्दा धेरै दर्शकसामु ब्याण्डले प्रस्तुति दिएको थियो ।

गायक खरेलले पनि हजारौं दर्शकमाझ गुञ्जिन पाउँदा खुसी लागेको बताए । ‘न कुनै शुक्रबार, न कुनै शनिबार । न कुनै बिदा । १५ हजारभन्दा धेरै दर्शकसामु हामी गुञ्जियौं’ खरेलले अनलाइनखबरसँग भने ।

‘खचाखच दर्शकले अन्तिम सम्म पनि उत्तिकै साथ दिनुभयो । मोबाइलको लाइटले सिन्धुलीको कन्सर्ट मैदान पूरै भरिएको थियो । गेटबाट निस्कने दर्शकको भीडले बाटोमा पनि ट्राफिक जाम भयो’ कन्सर्ट माहोलबारे प्रमोदले भने ।

ब्याण्डले २२ माघमा भोजपुुरको पौवादुंगा, २५ माघमा स्याङ्जाको वालिङ र ६ फागुनमा उदयपुरको गाईघाटमा प्रस्तुति दिने कार्यक्रम छ ।

आसन्न प्रतिनिधिसभा चुनावलाई दृष्टिगत गर्दै ब्याण्डको यसवर्षको अन्तिम कन्सर्ट गाइघाटमा हुने ब्याण्डको व्यवस्थापक औद्योगिक शान्ति नेपालले जनाएको छ ।

किबोर्डमा राहुल भुजेल, ड्रममा भुपेन्द्र रसाइली, गिटारमा देवासिस तामाङ, बास गिटारमा कुशल थापामगर, बाँसुरीमा सन्जीव मैनाली र मादलमा जेपी जोशी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?