+
+
Shares

कुश्मामा गुञ्जियो ‘प्रमोद एण्ड परम्परा’

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २१ गते १७:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पर्वत महोत्सवमा गायक प्रमोद खरेल र उनको ब्याण्ड ‘प्रमोद एण्ड परम्परा’ले भब्य प्रस्तुति दिएका छन्।
  • ब्याण्डले नयाँ गीत ‘सलल कर्णाली’ सार्वजनिक गर्ने तयारी गरिरहेको छ र यसमा कर्णालीको धेरै कुरा समेटिएको छ।
  • ब्याण्डले अमेरिका र अस्ट्रेलियामा अन्तर्राष्ट्रिय टूर पुनः सुरु गर्ने तयारी गरिरहेको छ।

काठमाडौं । गायक प्रमोद खरेल र उनको ब्याण्ड ‘प्रमोद एण्ड परम्परा’ पर्वत जिल्लाको सदरमुकाम कुश्मा बजारमा गुञ्जिएको छ ।

त्यहाँ आयोजना भैरहेको पर्वत महोत्सवमा ब्याण्डले भब्य प्रस्तुति दियो । पर्वत उद्योग वाणिज्य संघद्वारा आयोजित महोत्सवमा ब्याण्डलाई सुन्न दर्शकको उत्साहजनक सहभागिता थियो ।

दर्शकले चिसोको पर्वाह नगरि ‘प्रमोद एण्ड परम्परा’ लाई धैयपूर्वक सुने र संगीतमा झुमे । ‘दर्शकले भरपुर साथ दिनुभयो । खुसी लाग्यो’ खरेलले अनलाइनखबरसँग भने, ‘ब्याण्डलाई एकदमै माया र साथ दिनुभयो ।’

यसबाहेक, ब्याण्ड नयाँ गीत रिलिजको तयारीमा छ । हालै रेकर्ड भएको गीतलाई चाँडै सार्वजनिक गर्ने तयारी छ ।

नयाँ गीतबारे प्रमोदले भने, ‘सलल कर्णाली बोलको गीत चाहिँ अलिकति फरक छ । प्रतीक्षा गर्नुहोला । कर्णालीको धेरै कुरा हामीले समेट्ने प्रयास गरेका छौं ।’

यसबाहेक, ब्याण्डले अमेरिका र अस्ट्रेलियामा अन्तर्राष्ट्रिय टूर गर्ने तयारी गरिरहेको छ । जेनजी आन्दोलनको कारण ब्याण्डको अस्ट्रेलिया टूर बीचमै रोकिएको थियो । त्यसलाई निरन्तरता दिने तयारी छ ।

ब्याण्डको लिड भोकलिस्टमा प्रमोद स्वयम छन् । लिड गिटारिस्टमा देवाशिष तामाङ, बेस गिटारमा कुशल थापा, किबोर्डमा राहुल भुजेल, ड्रममा भुपेन रसाइली, मादल जेपी जोशी र बाँसुरीमा संजीव मैनाली छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?