+
+
Shares

ललितपुर-२ मा साढे १ देखि मतगणना हुने

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते ०:५२

२१ फागुन, काठमाडौं । ललितपुर २ को मतगणना साढे १ देखि हुने भएको छ । आजै राती साढे १ बजेदेखि मतगणना प्रारम्भ हुने निर्वाचन आयोगले जनाएको हो ।

यो क्षेत्रमा पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेल रास्वपाबाट उम्मेदवार छन् ।

यो क्षेत्रमा खरेल सहित नेपाली कांग्रेसबाट प्रेमकृष्ण महर्जन, नेकपा एमाले प्रेमबहादुर महर्जन, नेपाल कम्युनिस्ट पार्टीका राजेन्द्र अमात्य लगायतका २३ उम्मेदवार छन् ।

८९ हजार ८२ मतदाता भएको यो निर्वाचन क्षेत्रमा अघिल्लो निर्वाचनमा नेकपा एमालेका प्रेम बहादुर महर्जन विजयी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?