+
+
Shares

के एकभन्दा बढी ब्रह्माण्डहरू छन् ?

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २७ गते १८:२०

अर्को कुनै ब्रह्माण्डमा आफू कुनै रकस्टार वा अन्तरिक्ष यात्री बनेको तपाईंले कहिल्यै कल्पना गर्नुभएको छ।

त्यस्तो सम्भव हुनुलाई विज्ञानको भाषामा मल्टिभर्स अर्थात् धेरै ब्रह्माण्डहरू भन्ने गरिन्छ । जुन बढीजसो साइन्स फिक्सन अर्थात् विज्ञान कथाहरूमा देखिन्छ । तर, केही वैज्ञानिकहरूले यसलाई साँच्नै नै हुने अनुमान गरेर काम गरिरहेका छन् ।

उनीहरू मल्टिभर्स हलिउडले अक्सर देखाउने दृश्य जस्तो मात्र नहुने बताउँछन् । यसको अस्तित्व हाम्रो कल्पनाभन्दा बाहिर अथवा फरक हुन सक्ने उनीहरूको भनाइ छ ।

सन्तुलित ब्रह्माण्ड

हामी आकाशगंगा नामक ब्रह्माण्डमा छौँ । यसमा हुने गतिविधिहरू हाम्रा लागि एकदमै फाइन-ट्यून्ड अर्थात् अत्यन्तै सूक्ष्म रूपमा मिलाइएको जस्तो देखिन्छ ।

अमेरिकाको सेन्ट जोसेफ युनिभर्सिटीका भौतिकशास्त्री प्रोफेसर पल ह्याल्पर्न यस तर्कमा उदाहरण दिँदै भन्छन्, ‘यदि गुरुत्वाकर्षण बल अलिकति मात्र पनि कम भएको भए हाम्रा तारा र ग्रहहरू सायद बन्ने थिएनन् । अर्कोतर्फ यदि गुरुत्वाकर्षण बल बढी भएको ब्रह्माण्ड सुरुवातमा नै ध्वस्त हुने थियो’

उनले भने जस्तै हाम्रो आसपासको प्रकृतिमा यस्ता धेरै नियम स्वत बनेका छन् । जसले गर्दा नै हाम्रो अहिलेको संसार चलिरहेको हो ।

तर यी कहाँबाट आए ?

ब्रमाण्ड कसरी बन्यो भन्नेमा मान्छेहरूका आ-आफ्नै तर्क सुन्न पाइन्छ । कसैले के भन्छन् त कसैले के । विशेषत: धार्मिक समुदायका मान्छेहरू ब्रमाण्डलाई ईश्वरले रचेका हुन् भन्ने गर्छ । ईश्वरले नै ती नियमहरू बनाएका हुन् भन्ने उनीहरूको मत छ ।

तर केही वैज्ञानिकहरू मल्टिभर्सको कुरा गर्छन् । उनीहरूका अनुसार अनगिन्ती ब्रह्माण्डहरू छन् । हरेकमा नियमहरू फरक-फरक छन् । हामी चाहिँ संयोगले जीवन सम्भव भएको ब्रमाण्डमा छौं । यसलाई ‘एन्थ्रोपिक प्रिन्सिपल’ भनिन्छ ।

अर्थात् यदि यहाँ जीवन सम्भव नभएको भए हामी यहाँ बसेर यो प्रश्न सोधिरहेकै हुने थिएनौँ ।

वैज्ञानिकहरूले यसबारे दुईवटा मुख्य विचारहरू अघि सारेका छन्:

बहुसंसार

यो विचार अणुभित्रका साना कणहरू (क्वान्टम फिजिक्स) को अध्ययनबाट आएको हो । सानो संसारमा एउटा कण एकै समयमा धेरै ठाउँमा हुन सक्छ

१९५७ मा विज्ञानका विद्यार्थी ह्यु एभरिटले एउटा कुरा भनेका थिए, हरेक पटक जब कुनै घटनाको दुई वा बढी विकल्प हुन्छन्, तब ब्रह्माण्ड छुट्टिन्छ र हरेक विकल्पका लागि छुट्टाछुट्टै ब्रह्माण्ड बन्छ ।

तर यो फिल्ममा जस्तो रमाइलो हुँदैन । वैज्ञानिकहरूका अनुसार यी ब्रह्माण्डहरू बीचको भिन्नता एकदमै सानो हुन सक्छ, जसले हाम्रो जीवनमा खासै ठूलो प्रभाव पार्दैन ।

तर ठूलो जमात यो कुरामा सहमत हुन सक्दैनन् । किनकि हामी मानव जाति उक्त ठाउँमा गएर हेर्न सक्दैनौं । जाँच्न सक्दैनौं । फेरि विज्ञानको एउटा नियम छ, जुन कुरालाई प्रमाणित गर्न सकिँदैन, त्यो पूर्ण विज्ञान होइन ।

तर पनि वैज्ञानिकहरू भविष्यमा मल्टिभर्सको प्रमाण लगाउन सकिने तर्क गर्छन् ।

ब्रह्मान्डको अनन्त विस्तार

यो विचार भने ब्रह्माण्ड कसरी सुरु भयो भन्ने कुरासँग जोडिएको छ । वैज्ञानिक समुदायमा सुरुमा ब्रह्माण्ड एक सेकेन्डभन्दा पनि कम समयमा निकै छिटो फैलिएको मानिन्छ ।

त्यसमा केही वैज्ञानिकहरूले भने फरक मत राख्छन् । उनीहरू त्यसरी ब्रमाण्ड फैलिने क्रम अझै पनि चलिरहेको, नरोकिएको बताउँछन् । तर, जहाँ-जहाँ यो रोकिन्छ, त्यहाँ एउटा नयाँ ब्रह्माण्ड बन्छ भन्ने गरिन्छ।

यसरी अनगिन्ती ब्रह्माण्डहरू बनिरहेका हुन सक्ने अर्को अनुमान छ । तर, तीमध्ये धेरैजसोमा जीवन सम्भव नहुने भर कुनै कुनैमा हाम्रो जस्तै जीवन हुन सक्ने वैज्ञानिकहरू मत राख्छन् ।

प्रमाणको खोजी

के हामीले कहिल्यै अर्को ब्रह्माण्डको प्रमाण पाउँछौँ त ?

यो कुरा पत्ता लगाउन वैज्ञानिकहरूले ‘कस्मिक माइक्रोवेभ ब्याकग्राउन्ड’ मार्फत प्रयास गरिरहेका छन् । यो भनेको ब्रह्माण्ड बन्दाको बाँकी रहेको प्रकाश अध्ययन गर्ने र त्यसमा प्रमाण खोज्ने हो । यदि दुईवटा ब्रह्माण्डहरू एकअर्कामा ठोक्किएका थिए भने त्यसको छाप त्यहाँ हुन सक्ने वैज्ञानिकहरूको अनुमान छ ।

भलै अहिलेसम्म कुनै ठोस प्रमाण त भेटिएको छैन । तर पनि मल्टिभर्समा वैज्ञानिकहरू हार मान्न तयार छैनन् । भन्नुको अर्थ यसमा पनि खोज चलिरहने नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?