+
+
Shares

डोजर चलेपछि यस्तो देखियो गैरीगाउँको सुकुमवासी बस्ती (तस्वीरहरू)

बस्ती भत्काउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा काठमाडौँ महानगर प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ ।

कमल प्रसाईं कमल प्रसाईं
२०८३ वैशाख १२ गते १६:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं महानगरपालिका–९ स्थित गैरीगाउँका नदी किनारमा सुकुमवासी बस्ती भत्काउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र महानगर प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ।
  • सरकारको निर्देशनअनुसार सार्वजनिकस्थल अतिक्रमण गरी निर्माण गरिएका संरचनाहरू भत्काउने अभियान सुरु गरिएको छ।
  • थापाथलीस्थित बागमती नदी किनारका सुकुमवासी बस्ती पनि आज बिहान खाली गराइएको थियो।

१२ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिका–९ स्थित गैरीगाउँका नदी किनारमा रहेका सुकुमवासी बस्तीमा धमाधम डोजर चलिरहेको छ ।

सार्वजनिकस्थल अतिक्रमण गरी निर्माण गरिएका संरचनाहरू तथा बस्तीहरू सरकारको निर्देशनअनुसार भत्काउने अभियान सुरु गरिएको हो । आज दिउँसोदेखि त्यहाँ बस्ती भत्काउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा काठमाडौँ महानगर प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले हाल सुरक्षाकर्मीहरूको उल्लेख्य उपस्थितिमा बस्तीका अस्थायी तथा स्थायी संरचनाहरू हटाउने कार्य भइरहेको जानकारी दिए ।

आजै बिहान थापाथलीस्थित बागमती नदी किनारका सुकुमवासी बस्ती खाली गराइएको थियो ।

थप तस्वीरहरू:

लेखक
कमल प्रसाईं

प्रसाईं  अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?