+
+
Shares

तस्करीलाई प्रोत्साहन गर्नेले साइपल क्षेत्रमा वडा सदस्यसहितलाई कुटपिट गरे : सांसद खनाल

त्यस क्षेत्रमा प्रहरी चौकी राख्दा तस्करहरुलाई समस्या हुने भएकाले उनीहरुले चौकी राख्न पहल गर्ने वडा सदस्यसहितलाई कुटपिट गरेको हुनसक्ने उनको आशंका छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ७ गते १३:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपाका सांसद केपी खनालले हुम्ला र बाजुरा जिल्लाको सीमा विवाद तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
  • सांसद खनालले रानीसैन सीमा क्षेत्रको विवाद समाधान गरी नागरिकको जीवन सुरक्षा र स्वतन्त्रता सुनिश्चित गर्न माग गरेका छन्।
  • उनले साइपाल क्षेत्रबाट तस्करी हुने गुनासो आएको र प्रहरी चौकी राख्दा तस्करले वडा सदस्यलाई कुटपिट गरेको आशंका व्यक्त गरेका छन्।

७ जेठ, काठमाडौं । रास्वपाका सांसद केपी खनालले हुम्ला र बाजुरा जिल्लाको सीमा विवादलाई तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

बिहीबार प्रतिनिधिसभाको आकस्मिक समयमा सांसद खनालले हुम्ला र बाजुरा जिल्लाको रानीसैन सीमा क्षेत्रको विवाद तत्काल समाधान गर्दै नागरिकको जीवन सुरक्षा र स्वतन्त्र रूपमा बाँच्न पाउने अधिकार सुनिश्चित गर्न माग गरेका हुन् ।

उनले साइपाल क्षेत्र जडिबुटी र हिमाली लोपन्मुख वन्यजन्तुको वासस्थान रहेको भन्दै यस क्षेत्रबाट तस्करी हुने गुनासो आएको पनि सुनाए ।

त्यस क्षेत्रमा प्रहरी चौकी राख्दा तस्करहरुलाई समस्या हुने भएकाले उनीहरुले चौकी राख्न पहल गर्ने वडा सदस्यसहितलाई कुटपिट गरेको हुनसक्ने उनको आशंका छ ।

उनले स्थानीय तहको प्रवर्द्धन र पर्यटकीय प्रवर्द्धनका काममा लाग्दा जनप्रतिनिधिहरुमाथि भएको दुर्व्यवहारप्रतिगम्भीर ध्यानाकर्षण भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?