+
+
Shares

प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : रवि लामिछाने

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ७ गते १८:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्री संसद्मा नआएकाले आफूलाई कुनै दबाब नभएको स्पष्ट पारेका छन्।
  • लामिछानेले भने, 'म त्यस्तो दबाबमा बस्ने मान्छे होइन' र सरकारको काम नभए मात्र दबाब हुने बताए।
  • उनले महाधिवेशनबाट पार्टी होमिएको र विधान अनुसार छिटो काम गर्नुपर्ने धारणा राखेका छन्।

७ जेठ, काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्री संसद्मा नआएकै कारण आफूलाई कुनै दबाब नभएको बताएका छन् । आफू दबाब र प्रभावमा बस्ने मान्छे नभएको बताउँदै अहिले पनि प्रधानमन्त्रीको कारण दबाबमा नरहेको उनको प्रष्टोक्ति थियो ।

बिहीबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो प्रष्टोक्ति दिएका हुन् ।

उनलाई सञ्चारकर्मीले ‘प्रधानमन्त्री संसद्मा नआएको कारण दबाबमा पर्नुभएको हो ?’ भनेर प्रश्न गरेका थिए । जवाफका क्रममा सभापति लामिछानेले भने, ‘छैन, छैन । म त्यस्तो दबाबमा बस्ने मान्छे होइन । मलाई त्यस्तो कुनै कुराको दबाब छैन । कहिलेकाहिँ प्रक्रिया पूरा हुँदै जान्छन् ।’

सरकारले काम भएन भन्ने आउँदा चाहिँ आफूलाई दबाब हुने लामिछानेको भनाइ थियो ।

‘सरकारको यो काम भएन भन्ने आयो भने मेरा लागि दबाब हुन्छ । सरकारले काम गरिरहेको छ । रिजल्ट आउँदैछ । मिडियाको स्पेस हामी सत्ता पक्षलाई भन्दा प्रतिपक्षीलाई दिनुभयो भने राम्रो हुन्छ,’ उनले भनेका छन् ।

उनले प्रधानमन्त्री आउने र जवाफ दिने पनि जिकिर गरे । ‘आउनुहुन्छ । देखिइरहनुभएको छ । थाहा पाइहाल्नुहुन्छ नि,’ लामिछानेले भनेका छन् ।

सभापति लामिछानेले महाधिवेशनमा पार्टी होमिएको र महाधिवेशनमार्फत पार्टीलाई ठीक ढंगले अघि लिएर जाने धारणा राखे ।

‘यो समय छिटो काम गर्नुपर्छ भनेर गरेको हो । हामीलाई विधानको बाध्यता पनि छ । हाम्रो तयारी पूर्ण छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?