महेशप्रसाद यादव र वसन्त कुशवाहा
News Summary
Generated by OK AI. Editorially reviewed.- मधेश प्रदेश सरकारमा जनमतबाट मन्त्री रहेका अर्थमन्त्री महेशप्रसाद यादव र समाजकल्याण तथा खेलकुद मन्त्री वसन्त कुशवाहाले मुख्यमन्त्रीको निर्देशनमा राजीनामा बुझाएका छन्।
- जनमतले वैशाख २१ गते समर्थन सरकारबाट फिर्ता लिए पनि यी दुई मन्त्री सरकारमै थिए।
- मधेशमा नेकपा एमालेलाई सत्तामा भिर्त्याएर जसपालाई सरकारबाट बाहिर निकाल्ने तयारी भएसँगै मुख्यमन्त्रीले जसपा र जनमतका मन्त्रीहरूलाई राजीनामा दिन भनेका थिए।
७ जेठ, जनकपुरधाम । मधेश प्रदेश सरकारमा जनमतबाट मन्त्री रहेका अर्थमन्त्री महेशप्रसाद यादव र समाजकल्याण तथा खेलकुद मन्त्री वसन्त कुशवाहाले राजीनामा बुझाएका छन् ।
मुख्यमन्त्री कृष्णप्रसाद यादवको निर्देशनपश्चात उनीहरूले राजीनामा बुझाएका हुन् । जनमतले गत वैशाख २१ गते समर्थन सरकारबाट फिर्ता लिए पनि यी दुई मन्त्री सरकारमै थिए ।
मधेशमा नेकपा एमालेलाई सत्तामा भिर्त्याएर जसपा नेपाललाई सरकारबाट बाहिर निकाल्ने तयारी भएसँगै जसपा र जनमतका मन्त्रीहरूलाई राजीनामा दिन मुख्यमन्त्री यादवले भनेका थिए ।
जसपाका मन्त्रीहरूलाई राजीनामा दिन भनेपनि उनीहरूले बुझाएका छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4