+
+
Shares

मधेशमा एमालेका मोहम्मद समिर मन्त्री नियुक्त, जसपाका तीन जना बर्खास्त

जसपा नेपालका तीन मन्त्रीहरूलाई बर्खास्त गरेर मुख्यमन्त्री यादवले समिरलाई विना विभागीय मन्त्री नियुक्त गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ७ गते २१:४९
मुख्यमन्त्री कृष्णप्रसाद यादव

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले एमालेका सांसद मोहम्मद समिरलाई विना विभागीय मन्त्री नियुक्त गरेका छन्।
  • जसपा नेपालका तीन मन्त्रीहरूलाई बर्खास्त गरेर मुख्यमन्त्री यादवले समिरलाई मन्त्री नियुक्त गरेका हुन्।

७ जेठ, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले एमालेका सांसद मोहम्मद समिरलाई मन्त्री नियुक्त गरेका छन् ।

जसपा नेपालका तीन मन्त्रीहरूलाई बर्खास्त गरेर मुख्यमन्त्री यादवले समिरलाई विना विभागीय मन्त्री नियुक्त गरेका हुन् । उनको आजै केहीबेरमा शपथ ग्रहण हुँदैछ ।

मधेश सरकारमा भौतिक पूर्वाधार मन्त्री राजकुमार गुप्ता, शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा र श्रम तथा यातायात मन्त्री मनिष सुमन छन् ।

उनीहरूलाई मुख्यमन्त्री यादवले सत्ता समीकरण फेरबदल हुने भन्दै राजीनामा दिनका लागि भनेका थिए ।

यद्यपि राजीनामा नदिएपछि बर्खास्त गरेर नयाँ मन्त्री नियुक्तितिर मुख्यमन्त्री यादव लागेका हुन् ।

उता, जनमत पार्टीका दुई मन्त्रीहरूले भने राजीनामा दिइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?