+
+
Shares

काठमाडौंको शंखमुल र बुद्धनगर क्षेत्रमा आज ५ घण्टा विद्युत् आपूर्ति बन्द हुने

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ८ गते ६:४४

८ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको शंखमुल फिडर अन्तर्गतका क्षेत्रमा आज दिउँसो चार घण्टासम्म विद्युत् आपूर्ति बन्द हुने भएको छ ।

शंखमुल फिडर अन्तर्गतका दोभान पुल, श्रीनगर, मार्ग, बागमती बुद्ध बिहार, शंखमुल पुल एरिया, रोजबड स्कुल, भृगु मार्ग र रुद्रमति मार्ग क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने भएको हो ।

नेपाल विद्युत् प्राधिकरणले जारी गरेको सूचनामा आज बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने उल्लेख छ ।

प्राधिकरणका अनुसार हाल शंखमूल फिडर अन्तर्गतका क्षेत्रमा बिजुली वितरण प्रणालीलाई भूमिगत गर्ने कार्य भइरहेकाले विद्युत् आपूर्ति बन्द हुने सूचनामा उल्लेख छ ।

हेर्नुहोस् सूचना–

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?