+
+
Shares

सशस्त्रका जवान बेहोस घटना : ६ जनालाई सेनाको स्काई ट्रकमार्फत काठमाडौं ल्याइँदै

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ८ गते १४:०१
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कैलालीको टीकापुरमा तालिमका क्रममा बेहोस भएका ८ मध्ये ६ जनालाई उपचारका लागि नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाडौं ल्याइँदै छ।
  • सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले ६ जनालाई पौन २ बजे काठमाडौं ल्याउँदै गरिएको बताए।
  • बेहोस हुनेहरूमा जवान बलबहादुर बस्नेत, गणेश रावत, मनबहादुर बस्नेत, चिनबहादुर थामी, किरननाथ योगी, धिरज थापा, सुरेश शाही र भूपेन्द्र बस्नेत रहेका छन्।

८ जेठ, काठमाडौं । कैलालीको टीकापुरमा तालिम गर्दा बेहोस भएकामध्ये ६ जनालाई उपचारका लागि काठमाडौं ल्याइँदै छ ।

नेपाली सेनाको स्काई ट्रकमार्फत ६ जनालाई पौन २ बजे काठमाडौं ल्याउँदै गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले बताए । यसअघि उनीहरूलाई कैलालीबाट सुर्खेत लगिएको थियो ।

टिकापुरस्थित सशस्त्र प्रहरीको राजश्व भन्सार तथा औधोगिक तालिम शिक्षालयमा तालिमको क्रममा उनीहरू बेहोस भएको सशस्त्र प्रहरीले बताएको छ ।

तालिम गर्दा ८ जना बेहोस भएका थिए । बेहोस हुनेहरूमा जवान बलबहादुर बस्नेत, गणेश रावत, मनबहादुर बस्नेत, चिनबहादुर थामी, किरननाथ योगी, धिरज थापा, सुरेश शाही र भूपेन्द्र बस्नेत रहेका छन् ।

उनीहरूमध्ये ६ जनालाई काठमाडौं ल्याउँदै गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?