+
+
Shares
एमाले सचिवालय बैठक :

बादलले भने- संकटका बेला नेतृत्वको रक्षा गर्नुपर्छ, ओलीले थपे- यही हो पार्टी लाइन

करिब ६ घण्टा चलेको सचिवालय बैठकमा उपाध्यक्षहरू विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, रघुजी पन्त, गोकर्ण विस्टले अब पार्टी रुपान्तरणका गरेर जानुपर्ने धारणा राखेपछि बादल त्यसको विपक्षीमा उभिएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ८ गते २१:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एमाले सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमाथि चार उपाध्यक्षहरूले प्रश्न उठाएपछि रामबहादुर थापाले नेतृत्वको रक्षा गर्नु कर्तव्य भएको बताए।
  • उपाध्यक्ष विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, रघुजी पन्त र गोकर्ण बिष्टले पार्टी रुपान्तरणका लागि नयाँ धारणा राखे भने बादल त्यसको विपक्षमा उभिएका छन्।
  • अध्यक्ष ओलीले बादलको कुरा नै पार्टीको लाइन भएको भन्दै अराजकता प्रदर्शन गर्न नहुने चेतावनी दिएका थिए र उपाध्यक्ष गुरुङले त्यसको प्रतिवाद गरेका थिए।

८ जेठ, काठमाडौं । एमाले सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ‌ओलीको नेतृत्वमाथि चार उपाध्यक्षहरुले प्रश्न उठाएपछि रामबहादुर थापाले त्यसको प्रतिवाद गरेका छन् ।

उपाध्यक्ष समेत रहेका थापाले पार्टी संकटमा रहेको र यो बेला नेतृत्वको रक्षा गर्नु कर्तव्य भएको धारणा राखेका थिए ।

करिब ६ घण्टा चलेको सचिवालयको बैठकमा उपाध्यक्षहरू विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, रघुजी पन्त, गोकर्ण विस्टले अब पार्टी रुपान्तरण गरेर जानुपर्ने धारणा राखेपछि बादल त्यसको विपक्षमा उभिएका हुन् ।

आफ्नो नेतृत्वमाथि प्रश्न उठाउँदै अन्य उपाध्यक्षहरुले धारणा राखेपछि अध्यक्ष ओलीले भने बादलले भनेको कुरा नै पार्टीको लाइन भएको बताए । बादलले नेतृत्वको रक्षा गर्नुपर्छ भनेपछि ओलीले ‘यही हो पार्टी लाइन’ भन्दै अरु नेताहरूलाई सम्झाएका थिए ।

उनले पार्टीको लाइन भन्दा विपरीत जाने छुट कसैलाई नभएको र अराजकता कसैले प्रदर्शन गर्न नहुने भन्दै नेताहरुलाई सचेत गराउन खोजेका थिए । ओलीले अराजकता लगायतको आरोप लगाएपछि उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले प्रतिवाद गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?