+
+
Shares

तालिमका क्रममा बेहोस भएका सशस्त्रका जवानहरुको होस खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ९ गते १०:३३
स्वास्थ्य स्थितिबारे जानकारी लिन अस्पताल पुगेका सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलसहितको टोली

९ जेठ, काठमाडौं । कैलालीको टीकापुरमा तालिम गर्दा बेहोस भएपछि उपचारका लागि काठमाडौं ल्याइएका प्रशिक्षार्थीहरूको होस खुलेको छ ।

उपचाररत सबै ६ जना प्रशिक्षार्थी सशस्त्र प्रहरी जवानको होस खुलेको नेपाल एपीएफ अस्पतालले जनाएको छ । अस्पतालका अनुसार सबैको उपचार जारी छ ।

नेपाल एपीएफ अस्पतालका दर्जन बढी विशेषज्ञ चिकित्सकहरू उनीहरूको निरन्तर उपचारमा संलग्न रहेका छन् ।

शुक्रबार टिकापुरस्थित सशस्त्र प्रहरीको राजश्व भन्सार तथा औधोगिक तालिम शिक्षालयमा तालिमको क्रममा आठ जना बेहोस भएका थिए । जसमध्ये ६ जनालाई उपचारका लागि काठमाडौं ल्याइएको थियो ।

तालिमका क्रममा बेहोस हुनेहरूमा प्रशिक्षार्थी जवानहरू बलबहादुर बस्नेत, गणेश रावत, मनबहादुर बस्नेत, चिनबहादुर थामी, किरननाथ योगी, धिरज थापा, सुरेश शाही र भूपेन्द्र बस्नेत रहेका छन् ।

यसैबीच पूर्वगृहमन्त्री सुधन गुरुङ र सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले बलम्बुस्थित अस्पताल पुगेर तालिमका क्रममा बेहोस भएकाहरूको स्वास्थ्य स्थितिबारे जानकारी लिएको सशस्त्र प्रहरी जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?