+
+
Shares

यसरी बन्दैछ एसियन हाइवेको काँकडभिट्टा-लौकही खण्ड (तस्वीरहरू)

महेन्द्र राजमार्ग बिस्तार अन्तर्गत काँकडभिट्टा–लौकही खण्डमा अहिले धमाधम काम भइरहेको छ । यद्यपि राजमार्ग बिस्तारको काम भने सुस्त छ ।

कमल प्रसाईं कमल प्रसाईं
२०८३ जेठ १२ गते १२:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • महेन्द्र राजमार्गको काँकडभिट्टा–लौकही खण्ड विस्तारको काम इन्धनको मूल्य वृद्धि र निर्माण सामग्री अभावका कारण सुस्त भएको छ ।
  • एसियाली विकास बैंकको वित्तीय सहयोगमा एसियन हाइवे मापदण्डमा स्तरोन्नति भइरहेको यस सडकको पूर्वी खण्डमा कालोपत्रेको काम थालिएको छ ।
  • पूर्वी खण्ड अन्तर्गत काँकडभिट्टा–सीतापुरी ४५ किलोमिटर सडक १० अर्ब ९४ लाख रुपैयाँ लागतमा इभ्रास्कन कालिका जेभीले निर्माण गरिरहेको छ ।

१२ जेठ, काठमाडौं । महेन्द्र राजमार्ग बिस्तार अन्तर्गत काँकडभिट्टा–लौकही खण्डमा अहिले धमाधम काम भइरहेको छ । यद्यपि राजमार्ग बिस्तारको काम भने सुस्त छ । निर्माण कम्पनीका अनुसार इन्धनको मूल्य वृद्धि र निर्माण सामग्री अभावको मारमा यो खण्ड बिस्तारको काम पनि परेको छ ।

पूर्व–पश्चिम महेन्द्र राजमार्ग एसियन हाइवे मापदण्डमा निर्माण हुँदैछ । नेपाल–भारत सीमास्थिति मेची नदीमा चार लेनको पुल निर्माण भएर सञ्चालनमा आएसँगै नेपाल ६ वर्ष अगाडि नै ए ग्रेडको एसियन हाइवेमा जोडिएको हो । अब महेन्द्र राजमार्गको पूर्व–पश्चिम बिस्तार सोही स्ट्यान्डर्डमा हुँदैछ । पूर्व–पश्चिम महेन्द्र राजमार्ग एसिएन हाइवेको रुट–२ मा पर्छ ।

यसबाहेक वीरगञ्ज–कोदारी खण्ड रुट–४२ मा पर्छ । महेन्द्र राजमार्गको काँकडभिट्टा-लौकही अण्ड अन्तर्गत पूर्वी खण्डमा इभ्रास्कन कालिका जेभीले काम गरिरहेको छ । यसमध्ये २२ किलोमिटर सडकमा पहिलो लेयरको कालोपत्रे गर्न बेस बिच्छ्याउने काम भएको छ । कतै कालोपत्रेको काम समेत सुरु भएको छ ।

पूर्वी खण्डको काँकडभिट्टा–सीतापुरी कुल ४५ किलोमिटर लम्बाइमा १० अर्ब ९४ लाख लागतमा सडक निर्माणको काम भइरहेको छ । यस खण्डको ठेक्का २ कात्तिक २०८० मा लागेको हो । यो खण्ड निर्माणको ९ जेठ २०८१ मा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए ।

झापाको सीतापुरी केर्खा–इटहरी पश्चिम खण्ड ५०.७६ किलोमिटर छ । यस खण्डमा तीन प्याकेजमा ठेक्का लागेर काम भइरहेको छ । काँकडभिट्टा–लौकही खण्ड निर्माणका लागि एसियाली विकास बैंकले वित्तीय सहयोग गरेको छ ।

लेखक
कमल प्रसाईं

प्रसाईं  अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?