+
+
Shares

संखुवासभामा पहिरो जोखिम दुई परिवारलाई सुरक्षित ठाउँमा सारियो

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १४ गते १५:५२

१४ जेठ, सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिका–२ सेदुवामा पहिरोको जोखिमका कारण दुई घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

पहिरोको जोखिम बढेपछि नरबहादुर चुवान र मिठी घिमिरेको परिवारलाई सुरक्षित स्थानमा सारिएको हो ।

१२ जेठ राति परेको अविरल वर्षाका कारण चुवान र घिमिरेको घर उच्च जोखिममा परेको सङ्खुवासभाका प्रहरी नायव उपरीक्षक कुमारप्रसाद मैनालीले बताए ।

फेरि पहिरो जान सक्ने र दुवै घरमा क्षति पुग्ने सम्भावना देखिएपछि स्थानीय निकायसँग समन्वय गरी परिवारलाई सुरक्षित स्थानमा सारिएको उनले बताए ।

नरबहादुर  र मिठीको परिवारलाई हिमान्द्री माध्यमिक विद्यालयको भवनमा सारिएको मैनालीले बताए ।

दुई परिवारलाई नेपाली सेना, नेपाल प्रहरी र जनप्रतिनिधिको सहयोगमा बिहीबार सुरक्षित स्थानमा सारिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?