+
+
Shares

जितु नेपालको फिल्म ‘आइएम जीतबहादुर’ को ट्रेलर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १६ गते १८:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेता जितु नेपालको एकल लगानीमा निर्माण भएको फिल्म ‘आइएम जीतबहादुर’को आधिकारिक ट्रेलर सार्वजनिक गरिएको छ ।
  • शुभेन्दु घोष निर्देशित यस फिल्ममा अभिनेता जितु नेपाल र अभिनेत्री वर्षा राउत मुख्य भूमिकामा प्रस्तुत भएका छन् ।
  • यो फिल्म गाउँबाट शहर छिरेका एक युवकले कलाकार बन्नका लागि गर्ने संघर्षको कथामा आधारित छ ।

काठमाडौँ । अभिनेता जितु नेपालको निर्माणमा बनेको फिल्म ‘आइएम जीतबहादुर’को ट्रेलर सार्वजनिक भएको छ । आयोजित पत्रकार सम्मेलनमा ट्रेलर प्रदर्शन समेत गरियो ।

सार्वजनिक ट्रेलरले फिल्मको कथावस्तुबारे संक्षिप्त प्रकाश पार्छ । गाउँबाट सपना बोकेर शहरमा आएका युवाले कलाकार बन्नका लागि गर्ने संघर्षको कथावस्तुमा फिल्म आधारित छ ।

ट्रेलर हेर्दा, फिल्ममा जितुले भिन्न पात्रमा अभिनय गरेको देखिन्छ, जहाँ ती पात्रले कलाकार बन्ने सपनासँग डटिरहेका हुन्छन् । यो फिल्मको कथावस्तु आफ्नो करिअरसँग आंशिक मिल्दोजुल्दो रहेको पनि जितुले बताइसकेका छन् ।

शुभेन्दु घोषको निर्देशनमा बनेको फिल्ममा जितुको अपोजिटमा वर्षा राउत देखिएकी छन् । फिल्ममा प्रियंका कार्की, सन्दीप क्षेत्री, देशभक्त खनाल, पवन खतिवडा, निरज नेपाल, अंशु महर्जनको पनि अभिनय छ ।

कर्मभूमि क्रिएशनको ब्यानरमा फिल्म निर्माण भएको हो । फिल्मको वितरण आरआर फिल्म्सले गर्नेछ भने डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ । जितुले पहिलोपटक आफ्नै लगानी र एकल निर्माण भएर फिल्म बनाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?