News Summary
Generated by OK AI. Editorially reviewed.- कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका–६ मा पहिरोले पानीघट्ट पुर्दा दुई जनाको मृत्यु भएको छ।
- मृत्यु हुनेमा ४६ वर्षीय मन्दिर सावद र ७६ वर्षीय लालबहादुर सावद रहेको प्रहरीले जनाएको छ।
- प्रहरीले घटनास्थलमा पुगेर दुवै जनाको शव निकालेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।
२९ असार, काठमाडौं । कालीकोटमा पहिरोले पानीघट्ट पुरिँदा दुई जनाको मृत्यु भएको छ ।
सान्नीत्रिवेणी गाउँपालिका–६ काप्रिखोलामा घट्टमाथिबाट आएको पहिरोले पुरिँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा सोही स्थानको धाँमीगाउँ बस्ने अन्दाजी ४६ वर्षीय मन्दिर सावद र ७६ वर्षीय लालबहादुर सावद रहेका छन् ।
उनीहरू बिहान काप्रिखोलास्थित पानीघट्टमा अन्न पिस्न गएका थिए । घट्टमा बसिरहेको अवस्थामा माथिबाट आएको पहिरोले पुरिँदा घटनास्थलमै उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी मेहलमुडी, कालिकोटबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेर उक्त पहिरोमा पुरिएका दुवै जनालाई उद्धार गरी निकालेको थियो ।
पहिरोका कारण घट्टको आधा भागसमेत पुरिएको छ।
उद्धार गर्दा उनीहरूको मृत्यु भइसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
प्रतिक्रिया 4