+
+
Shares

तोलामा ३ हजार १ सय रुपैयाँ घट्यो सुन, आजदेखि ०.५ प्रतिशत शुल्क लाग्ने

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १ गते ११:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शुक्रबार सुनको मूल्य तोलामा तीन हजार एक सय रुपैयाँले घटेर दुई लाख ८२ हजार एक सय रुपैयाँ कायम भएको छ ।
  • चाँदीको मूल्य तोलामा १२५ रुपैयाँले घटेर आज चार हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।
  • सुनचाँदीका गरगहनामा आजदेखि शून्य दशमलव पाँच प्रतिशत सिप प्रवद्र्धन शुल्क लागू भएको छ भने दुई प्रतिशत बिलासी शुल्क हटेको छ ।

१ साउन, काठमाडौं । शुक्रबार सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार १ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन २ लाख ८५ हजार २ सय रुपैयाँ थियो । गत शुक्रबार सुनको भाउ २ लाख ८७ हजार ४ सय रुपैयाँ थियो ।

चाँदीको भाउ आज तोलामा १२५ रुपैयाँ घटेको छ । अघिल्लो दिन ४ हजार ३२५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार २ सय रुपैयाँमा झरेको छ । गत शुक्रबार चाँदी ४ हजार ५१० रुपैयाँ थियो ।

यसैबीच आजदेखि सुनचाँदीका गरगहनामा ०.५ प्रतिशत सिप प्रवद्र्धन शुल्क लाग्ने भएको छ । बिक्रीकर्ताले अन्तिम मूल्यमा सो शुल्क गणना गर्नेछन् । अर्कोतर्फ सुनका गहनामा लाग्ने गरेको २ प्रतिशत बिलासी शुल्क भने हटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?