+
+
Shares

पाटन उच्च अदालतमा लक्ष्यभन्दा बढी मुद्दा फर्स्यौट

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १ गते १७:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पाटन उच्च अदालतले आर्थिक वर्ष २०८२/८३ मा लक्ष्यभन्दा बढी अर्थात् ७१ दशमलव ०५ प्रतिशत मुद्दा फर्स्यौट गरेको छ।
  • मुख्य न्यायाधीश लालबहादुर कुँवरले अदालतको इतिहासमै पहिलो पटक १८ महिना र दुई वर्ष नाघेका मुद्दाहरूको संख्या शून्यमा झरेको जानकारी दिनुभयो।
  • अदालतमा दर्ता भएका १६ हजार १ सय ३९ मुद्दाको लगतमध्ये गत आर्थिक वर्षमा ११ हजार ४ सय ६९ वटा मुद्दा फर्स्यौट भएका छन्।

१ साउन, काठमाडौं । पाटन उच्च अदालतले आर्थिक वर्ष २०८२/८३ मा लक्ष्य भन्दा बढी मुद्दा फर्स्यौट गरेको छ ।

शुक्रबार ललितपुरमा पत्रकार सम्मेलनमार्फत आर्थिक वर्ष २०८२/८३ को कार्यसम्पादन र उपलब्धिहरूबारे जानकारी गराउँदै पाटन उच्च अदालतले आघिल्लो आर्थिक वर्षमा ७१ दशमलव ०५ प्रतिशत मुद्दा फर्स्यौट गरेको जनाएको हो ।

उच्च अदालतले आर्थिक वर्ष २०८२/८३ का लागि लगतको ६६ प्रतिशत मुद्दा फर्स्यौट गर्ने लक्ष्य राखेको थियो ।

आर्थिक वर्ष २०८१/८२ बाट पाँच हजार ६०९ मुद्दा सरेको थियो भने आर्थिक बर्ष २०८२/८३ मा १० हजार ५ सय ३० नयाँ मुद्दा दर्ता भएको पाटन उच्च अदालतले जनाएको छ ।

जम्मा लगत १६ हजार १ सय ३९ मध्ये गत आर्थिक बर्षमा ११ हजार ४ सय ६९ वटा मुद्दा फर्छ्यौट भएको मुख्य न्यायाधीश लालबहादुर कुँवरले जानकारी दिए ।

पत्रकार सम्मेलनमा उनले न्यायपालिकाको पाँचौँ रणनीतिक योजना र उच्च अदालत पाटनको वार्षिक कार्ययोजनामा निदृष्ट गरिएका रणनीति, लक्ष्य र कार्यक्रमहरूका आधारमा कार्य सम्पादन गरिएको जानकारी दिए ।

अदालतले अवलम्बन गरेको प्रतियोगितात्मक सामूहिक कार्यसम्पादनको प्रयत्नका कारण धेरै सकारात्मक उपलब्धिहरू हासिल भएकमो उनको भनाइ छ ।

अदालतको इतिहासमै पहिलो पटक १८ महिना र २ वर्ष नाघेका मुद्दाहरूको संख्या शून्यमा झरेको जानकारी दिए ।

नयाँ दर्ता हुने मुद्दाको तुलनामा फर्स्यौट संख्या बढी भएकाले अघिल्लो वर्षहरूको तुलनामा यस वर्ष सरेर जाने बक्यौता मुद्दाको संख्यामा निकै कमि आएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?