News Summary
Generated by OK AI. Editorially reviewed.- कैलालीको गेटास्थित शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नवनियुक्त उपकुलपति प्रा.डा. सुनिलकुमार जोशी र रजिस्ट्रार डा. भीम चन्दले शुक्रबार पदभार ग्रहण गरेका छन्।
- विश्वविद्यालयको सिनेट बैठकले बुधबार उनीहरूलाई नियुक्त गर्ने निर्णय गरेको थियो।
- नवनियुक्त पदाधिकारीले विश्वविद्यालयको शैक्षिक, प्रशासनिक तथा संस्थागत विकासलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
३२ असार, धनगढी । कैलालीको गेटास्थित शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. सुनिलकुमार जोशी र रजिस्ट्रार डा. भीम चन्दले शुक्रबार पदभार ग्रहण गरेका छन् ।
उनीहरूले विश्वविद्यालयको केन्द्रीय कार्यालय पुगेर औपचारिक रूपमा कार्यभार सम्हालेका हुन् ।
पदभार ग्रहणसँगै विश्वविद्यालयको शैक्षिक, प्रशासनिक तथा संस्थागत विकासलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।
यसअघि बुधबार बसेको विश्वविद्यालयको सिनेट बैठकले प्रा.डा. जोशीलाई उपकुलपति तथा डा. चन्दलाई रजिस्ट्रारमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
विश्वविद्यालयले नयाँ नेतृत्वसँगै स्वास्थ्य शिक्षा, अनुसन्धान, सेवा विस्तार तथा संस्थागत सुदृढीकरणका कार्यक्रमलाई थप प्रभावकारी रूपमा अगाडि बढाउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4