News Summary
Generated by OK AI. Editorially reviewed.- नागढुंगा सुरुङमार्गमा सडक विभाग र जाइकाको संयुक्त आयोजनामा आज बिहान ‘नागढुंगा टनेल फन रन एण्ड वाक’ कार्यक्रम सम्पन्न भएको छ ।
- सरकारले निर्माण सम्पन्न भएको एक वर्षपछि आगामी साउन ११ गते नागढुंगा–सिस्नेखोला सुरुङमार्गको औपचारिक उद्घाटन गर्ने तयारी गरेको छ ।
- सुरुङमार्ग सञ्चालनमा आएपछि नौबिसेबाट काठमाडौं आउने समय घटेर २० मिनेटमा झर्ने र घण्टौँको ट्राफिक जामबाट मुक्ति मिल्ने छ ।
२ साउन, काठमाडौं । नागढुंगा सुरुङमार्गमा ‘नागढुंगा टनेल फन रन एण्ड वाक आयोजना गरिएको छ । केही दिनपछि सञ्चालनमा आउन लागेको सुरुङमार्गमा सडक विभाग र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को आयोजनामा आज बिहान रन फर फन कार्यक्रम गरिएको हो ।
निर्माण सम्पन्न भएको एक वर्षपछि साउन ११ गते सुरुङमार्गको औपचारिक उद्घाटन गर्ने तयारी छ । नागढुंगा–सिस्नेखोला सुरुङको कुल लम्बाई २ हजार ६ सय ८८ मिटर छ । यो आयोजनामा २ हजार ५ सय ५७ मिटर लामो रेस्क्यु टनेल छ । सुरुङ बाहेक यहाँ फ्लाइओभर, पुल, बक्स कल्भर्ट, अन्डरपास र ओभरपास समेत कुल १२ वटा थप संरचना बनेका छन् ।
सुरुङमार्गलाई त्रिभुवन राजपथसँग जोड्न २.८७ किलोमिटर पहुँचमार्ग बनेको छ । सुरुङसम्म पहुँचमार्गका लागि फ्लाइओभर बनाइएको छ । अहिले सडकमा सानो अवरोध हुँदा नौबिसेबाट काठमाडौं आउन घण्टौं जाममा फस्नुपर्छ । सुरुङमार्ग सञ्चालनमा आएपछि यो समय २० मिनेटमा झर्ने छ ।







प्रतिक्रिया 4