News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिनिधिसभा पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले नागढुंगा सुरुङमार्ग साउनको दोस्रो हप्तादेखि सञ्चालनमा ल्याउन निर्देशन दिए।
- गजुरेलले परियोजना सञ्चालनमा ढिलाइ गर्न नहुने र पूर्वनिर्धारित समयमै सुरुङमार्ग सञ्चालन गर्न नसकिएकोप्रति असन्तुष्टि जनाए।
- परियोजनामा आवश्यक पूर्वाधार निर्माण, निजी क्षेत्र छनोट, कार्यविधि र दररेट तय भइसकेको अवस्थामा ढिलाइ स्वीकार्य नहुने उनको भनाइ छ।
२१ वैशाख, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले नागढुंगा सुरुङमार्ग साउनको दोस्रो हप्तादेखि सञ्चालनमा ल्याउन निर्देशन दिएका छन् ।
नागढुंगा सुरुङमार्गको अनुगमन गर्दै गजुरेलले उक्त निर्देशन दिएका हुन् ।
समिति सभापति गजुरेलले कुनै पनि बहानामा अब सुरुङमार्ग सञ्चालनमा ढिलाइ गर्न नहुने बताए ।
उनले पूर्वनिर्धारित समयमै परियोजना सञ्चालन गर्न नसकिएकोप्रति पनि असन्तुष्टि जनिाए ।
परियोजनाले २०८२ माघमा सुरुङमार्ग सञ्चालनमा ल्याउने बताए पनि फेरि साउनको दोस्रो हप्तामा भाका सारेको उनको भनाइ छ ।
उनले आफैँ सीमा तोक्ने र आफैँ ६ महिना ढिला गर्ने प्रवृत्ति अब स्वीकार्य नहुने बताए ।
उनले परियोजनामा आवश्यक भौतिक पूर्वाधार निर्माण सम्पन्न भइसकेको, सञ्चालनका लागि निजी क्षेत्र छनोट भइसकेको तथा कार्यविधि र दररेटसमेत तय भइसकेको अवस्थामा अब ढिलाइ गर्न नहुने बताए ।
उनले आयोजनाको सेवा सञ्चालनको तयारीमा देखिएको कमजोरीप्रति पनि असन्तुष्टि जनाए ।
प्रतिक्रिया 4