+
+
Shares

कांग्रेसले बीपीको स्मृति दिवसमा जलवायुसम्बन्धी जनचेतना कार्यक्रम गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २ गते १४:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले बीपी कोइरालाको ४४ औं स्मृति दिवसका अवसरमा जलवायु परिवर्तनसम्बन्धी जनचेतना जगाउने उद्देश्यले विभिन्न कार्यक्रमहरू आयोजना गर्ने भएको छ ।
  • कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले ६ साउनमा पाँच किलोमिटर दौड प्रतियोगिता, प्यानल डिस्कसन र लाइभ पेन्टिङ कार्यक्रम गर्ने निर्णय गरेको छ ।
  • ललितपुरको यूएन पार्कदेखि जावलाखेलसम्म हुने दौडपश्चात् जलवायु परिवर्तनका चुनौती र निराकरणका विषयमा विज्ञहरूसँग छलफल गरिने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बताए ।

२ साउन, काठमाडौं । नेपाली कांग्रेसले संस्थापन नेता बीपी कोइरालाको ४४ औं स्मृति दिवसका अवसरमा जलवायुसम्बन्धी जनचेतना जगाउन विभिन्न कार्यक्रम गर्ने भएको छ ।

कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले ६ साउनमा दौड प्रतियोगितासँगै ‘प्यानल डिस्कसन’ र लाइभ ‘पेन्टिङ’ कार्यक्रम गर्ने भएको हो ।

बीपी स्मृति दिवसमा ‘जलवायु जनचेतना जगाउन जुटौं’ नाराका साथ हुने दौड ५ किलोमिटर दौड प्रतियोगिता आयोजना गरिने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाले जानकारी दिए ।

उनका अनुसार बिहान ६ ललितपुर यूएन पार्कदेखि जावलाखेलसम्म प्रतिस्पर्धात्मकसँगै सहभागितामुलक दौड प्रतियोगिता हुनेछ ।

दौडपछि बिहान ७ बजे जावलाखेल चोकमा ‘जलवायु परिवर्तनको चुनौती, निराकरण कसरी’ विषयक ‘प्यानल डिस्कसन’ हुने दुलालले बताए ।

उनका अनुसार ‘प्यानल डिस्कसन’ चलिरहँदा सोही स्थलमै चित्रकारहरूद्वारा जलवायु परिवर्तनका चुनौती र सम्भावना झल्काउने चित्रहरू ‘लाइभ’ कोरिने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?