+
+
Shares

बाथरुममा लडेका देउवाको दायाँ हात भाँचियो

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १ गते १४:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा हङकङमा बाथरुममा लड्दा दायाँ हात भाँचिएको छ।
  • पूर्वप्रधानमन्त्री देउवा उपचारपछि हङकङको स्थानीय अस्पतालबाट डिस्चार्ज भइसकेको स्रोतले जनाएको छ।
  • उनी थप उपचारका लागि ७ चैत २०८२ मा सिंगापुरबाट हङकङ पुगेका थिए।

१ साउन, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा घाइते भएका छन् । हङकङमा केही दिनअघि बाथरुममा लडेर देउवाको दायाँ हात भाँचिएको छ ।

पूर्वप्रधानमन्त्री देउवानिकट स्रोतले घटनाको पुष्टि गरेको छ । स्रोतका अनुसार देउवा उपचारपछि त्यहाँकै स्थानीय अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

पछिल्लो समय हङकङमा बस्दै आएका देउवा बेलाबेला पत्नी पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवाका साथ हिँड्दै गरेको भिडियो सार्वजनिक हुने गरेको छ ।

उनी ७ चैत २०८२ मा सिंगापुरबाट थप उपचारका लागि भन्दै हङकङ पुगेका थिए । पूर्वसभापति देउवा त्यसअघि १३ फागुनको राति सिंगापुर एयरलाइन्सको उडानबाट सिंगापुर गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?