+
+
Shares

नारायणगढ-मुग्लिन-काठमाडौं सडकखण्डमा सवारी चलाउन रोक

सुवास पण्डित सुवास पण्डित
२०८३ साउन २ गते २१:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जिल्ला प्रशासन कार्यालय चितवनले आज राति १० बजेदेखि मुग्लिन-नारायणगढ र पृथ्वी राजमार्गमा सवारी आवागमनमा रोक लगाएको छ ।
  • निरन्तरको वर्षा र पहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै अर्को सूचना नभएसम्मका लागि प्रशासनले यस्तो निर्णय गरेको हो ।
  • प्रशासनले यात्रुहरूलाई सुरक्षित स्थानमा बस्न र आवश्यक सहयोगका लागि प्रहरीसँग सम्पर्कमा रहन अनुरोध गरेको छ ।

२ साउन, चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले मुग्लिन नारायणगढ सडकखण्ड र काठमाडौं जाने पृथ्वी राजमार्गमा आज राति १० बजेदेखि सवारी साधन चलाउन रोक लगाएको छ ।

आज साँझ कार्यालयले एक सूचना जारी गर्दै राति १० बजेदेखि अर्को सूचना नभएसम्मका लागि सवारी चलाउन रोक लगाएको जनाएको छ ।

धादिङ्ग लगायतका छिमेकी जिल्लाहरु तथा यस जिल्लाका विभिन्न स्थानहरुमा समेत पानी पर्न थालेको र पानी पर्ने क्रम अझै बढ्ने पूर्वानुमान रहेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले रातको समयमा सवारी आवागमन सुचारु राखिरहँदा हुनसक्ने जोखिम समेतलाई मध्यनजर गरेर राती १० बजेदेखि सवारी चालउन रोक लगाएको हो ।

प्रशासन कार्यालयले आवागनमा नहुने असहजता प्रति क्षमा मार्ग्दै सुरक्षित स्थानमा सवारी राख्न र रहन अनुरोध गरेको छ ।

थप सूचना, सहयोग, समन्वय एवम् सहजीकरणका नेपाल प्रहरी, सशस्त्र प्रहरी बल लगायतका निकायमा सम्पर्कमा रहन प्रशासन कार्यालयले अनुरोध गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख अनिल थापाले भरतपुरतर्फबाट जाने सवारी साधनलाई भरतपुरको केन्द्रीय बसपार्क, आँपटारी, रामनगर जुगेडी लगायतका क्षेत्रमा रोकिने जानकारी दिए ।

उनका अनुसार काठमाण्डौंबाट पोखरा र नारायणगढतर्फ आउने सवारी साधनलाई मुग्लिन,कुरिनटारमा र पोखराबाट आउने सवारी साधनलाई तनहुँ तिर नै विभिन्न ठाँउमा रोक्न समन्वय गरिएको छ ।

ट्राफिक प्रहरी प्रमुख थापाले राजमार्ग बन्द रहने सूचना विभिन्न सामाजिक सञ्जाल प्रहरीका चेकपोष्टहरुमार्फत दिइरहेको बताए । उनले पूर्वी नवलपरासीतिरबाट आउने सवारी साधनलाई गैंडाकोट तथा भेडावारी र थुम्सी लगायतका क्षेत्रमा व्यवस्थित तरिकाले राख्न समन्वय भैरहेको बताए । पहिरो प्रभावित क्षेत्रमा कुनै पनि सवारी साधन नराख्ने नीति अनुरुप १० बजे नै सबै सवारीलाई सुरक्षित स्थानमा लैजाने प्रवन्धका लागि पहल भैरहेको उनको भनाइ छ ।

लेखक
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?