+
+
Shares
फिफा विश्वकप २०२६ :

फ्रान्समाथि इंग्ल्यान्ड हाबी, ३७ मिनेटमै हान्यो तीन गोल

मियामी स्टेडियममा तेस्रो स्थानको लागि जारी खेलको पहिलो ३७ मिनेटमै इंग्ल्यान्डले तीन गोल गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ३ गते ३:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ को तेस्रो स्थानको खेलमा इंग्ल्यान्डले फ्रान्सविरुद्ध पहिलो ३७ मिनेटमै तीन गोल गर्दै बलियो अग्रता लिएको छ ।
  • खेलको तेस्रो मिनेटमा डेक्लान राइस र १८औं मिनेटमा एन्जी कोन्शाले गोल गरेका थिए ।
  • मार्कस राशफोर्डको पासमा बुकायो शाकाले गोल गर्दै ३७औं मिनेटमा इंग्ल्यान्डको अग्रतालाई तेब्बर बनाएका हुन् ।

३ साउन, काठमाडौं । फिफा विश्वकप २०२६ को तेस्रो स्थानको खेलमा इंग्ल्यान्ड फ्रान्सविरुद्ध हाबी बनेको छ ।

मियामी स्टेडियममा तेस्रो स्थानको लागि जारी खेलको पहिलो ३७ मिनेटमै इंग्ल्यान्डले तीन गोल गरेको हो ।

बुकायो शाकाले मार्कस राशफोर्डको पासमा गोल गर्दै इंग्ल्यान्डको अग्रतालाई तेब्बर बनाएका हुन् ।

यसअघि तेस्रो मिनेटमा डेक्लान राइस र १८औं मिनेटमा एन्जी कोन्शाले गोल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?