+
फिफा विश्वकप २०२६ :

फ्रान्सले फर्कायो दुई गोल

२०८३ साउन  ३ गते ४:०६ २०८३ साउन ३ गते ४:०६

मियामी स्टेडियममा तेस्रो स्थानको लागि जारी खेलको पहिलो हाफमा चार गोलले पछि परेको फ्रान्सले दोस्रो हाफको खेल चरिरहँदा दोस्रो गोल फर्काएको हो ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ को तेस्रो स्थानको खेलमा इंग्ल्यान्डविरुद्ध फ्रान्सले दुई गोल फर्काएको छ ।
  • खेलको ४८औं मिनेटमा कप्तान किलियन एमबाप्पेले फ्रान्सका लागि पहिलो गोल गरेका छन् ।
  • ५४औं मिनेटमा ब्राडली बारकोलाले गोल गर्दै इंग्ल्यान्डको ४–२ को अग्रतालाई कम गरेका छन् ।

३ साउन, काठमाडौं । फिफा विश्वकप २०२६ को तेस्रो स्थानको खेलमा फ्रान्सले दुई गोल फर्काएको छ ।

मियामी स्टेडियममा तेस्रो स्थानको लागि जारी खेलको पहिलो हाफमा चार गोलले पछि परेको फ्रान्सले दोस्रो हाफको खेल चरिरहँदा दोस्रो गोल फर्काएको हो ।

खेलको ५४औं मिनेटमा ब्राडली बारकोलाले गोल गर्दै फ्रान्सलाई खेलमा फर्काउने प्रयास गरेका छन् ।

यसअघि खेलको ४८औं मिनेटमा कप्तान किलियन एमबाप्पेले फ्रान्सका लागि पहिलो गोल गरेका थिए । इंग्ल्यान्ड अझै ४–२ ले अघि छ ।

फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय